‘सेल्फी किङ’ को गीत: केकी नाच्दा दर्शकको कस्तो प्रतिक्रिया « Khabarhub

‘सेल्फी किङ’ को गीत: केकी नाच्दा दर्शकको कस्तो प्रतिक्रिया


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भीमफेदी गाइज र केकी अधिकारीको नृत्य रहेको फिल्म ‘सेल्फी किङ’ को गीत सार्वजनिक गरिएको छ । शुक्रवार युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा राम्रो प्रतिक्रिया पाएको छ ।

‘जाली रुमाल’ बोलको लोकशैलीको गीतमा बि पाण्डेका शब्द छन् भने सुवास भुसालको संगीत रहेको छ । गीतमा अञ्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर सुन्न सकिन्छ ।

उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा हेमन्त कान्छा रसाइलीको सारङ्गी सुन्न सकिन्छ ।

एक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘यो हो नि त अर्गानिक स्वाद, बधाई तथा शुभकामना ।’

गीतको भिडियो हेर्नेमध्ये धेरै प्रयोगकर्ताले भीमफेदी गाइजको फ्यान भएको प्रतिक्रिया दिएका छन् । ‘आयो आयो कडा आयो, पूरा अर्गानिक खालको नै आयो है,’ एक प्रयोगकर्ताले लेखेका छन् ।

युवराज विसीले कमेन्ट गरेका छन्, ‘केकी दिदी जस्तो अरु कोही छैन तर अलि ज्यान घटाऊ दिदी ।’

गीतको भिडियो हेरेर धेरैले प्रयोगकर्ताले भने तारिफ गरेका छन् ।

विशाल सापकोटाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा सुसान प्रजापतिको छायांकन, दिनेश राउत र सुभाष थापाको निर्माण, जीवन थापाको सम्पादन रहेको छ ।

फिल्ममा विपिन कार्कीको शीर्ष भूमिका रहनेछ । साथै फिल्ममा लक्ष्मी बर्देवा, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, कमल देवकोटा, कञ्चन सङ्ग्रौला लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १ : ३० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।