चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित « Khabarhub

चीनद्वारा अमेरिकी वस्तुमा लगाउने भनिएको थप करवृद्धि योजना स्थगित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आइतबारदेखि लागू हुनेगरी यसअघि प्रस्ताव गरेको अमेरिकी वस्तुमा लगाइने करवृद्धि योजना स्थगित गरेको छ । चीन र अमेरिकाबीच जारी व्यापार युद्धमा महत्वपूर्ण प्रगति भएको घोषणा गरेसँगै चीनले यस्तो कदम चालेको हो ।

चीनले अमेरिकाका केही सामानको आयातमा १० प्रतिशत र ५ प्रतिशतको करवृद्धि गर्ने योजना हाललाई स्थगित गरेको छ, र “अमेरिकामा निर्मित अटो र स्पेयर पार्ट्समा थप करवृद्धि स्थगित गरिएको छ,” चिनियाँ अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रथम चरण”को व्यापार सम्झौताको एक हिस्साका रूपमा चिनियाँ उत्पादनहरुमा नयाँ करवृद्धि प्रस्ताव रद्द गरेका थिए ।

चीनको वाणिज्य मन्त्रालयले शुक्रबार अमेरिकासँग एउटा सम्झौतामा सहमति भएको र त्यसमा करवृद्धिलाई स्थगन गर्ने तथा बौद्धिक सम्पत्ति अधिकारको संरक्षण समावेश गरिने उल्लेख रहेको स्पष्ट गरेको छ ।

तथापी, दुबै पक्षले यो सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ । विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच विगत २१ महिनादेखिको गतिरोध अन्त्यका लागि यो सहमतिलाई ठूलो सफलताका रुपमा हेरिएको छ ।

विद्यमान करका दरको अतिरिक्त राष्ट्रपति ट्रम्पले यसअघि करिब १६० अर्ब डलर बराबरका चिनियाँ सामानमा १५ प्रतिशत अतिरिक्त कर लगाउने धम्की दिनुभएको थियो जसमा अमेरिकी उपभोक्ताहरुमाझ लोकप्रिय इलेक्ट्रोनिक्स र कपडा जस्ता वस्तुहरू पनि समावेश थिए ।

अमेरिकी घोषणाको प्रत्युत्तरमा चीनले पनि अमेरिकी सवारी साधनमा २५ प्रतिशत र सवारी साधनका पार्टपूर्जामा ५ प्रतिशत करवृद्धि गर्ने धम्की दिएको थियो । यो करवृद्धि प्रस्ताव गत वर्ष नै घोषणा गरिएको भएपनि अमेरिकासँगको व्यापार वार्तामा सहज वातावरण निर्माणका लागि भन्दै चीनले पछि यी करवृद्धि प्रस्ताव स्थगित गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  २ : १७ बजे

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।

कांग्रेस सभापति गगन थापालाई हराउँदै सर्लाही-४ मा रास्वपाका सिंह विजयी

सर्लाही – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र