कांग्रेस केन्द्रीय बैठक छोडेर पाथीभरा पुगेका पौडेलले भने : भगवानले सबैको कल्याण गरून् « Khabarhub

कांग्रेस केन्द्रीय बैठक छोडेर पाथीभरा पुगेका पौडेलले भने : भगवानले सबैको कल्याण गरून्


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (आइतबार) का लागि बोलाइएको भएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरु भने उपस्थित भएनन् ।

पार्टी कार्यालय सानेपामा संस्थापन पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

तर वरिष्ठ नेता पौडेल भने तिर्थ यात्राका लागि पाथीभरा पुगेका छन् । सामाजिक सञ्जालमा तस्वीर राख्दै नेता पौडेलले लेखेका छन्, ‘सुप्रसिद्द तिर्थ धाम पाथीभरा देविको दर्शन गर्ने अवसर प्राप्त भयो । भगवानले सबैको कल्याण गरून् ।”

गत शुक्रबार बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरु अनुपस्थित भएपनि बैठक आजलाई सारिएको थियो । तर नेता पौडेल भने त्यसमा सहभागी नहुने भन्दै पाथिभरा पुगेका थिए ।

आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

पौडेललाई मनाउन देउवा सक्रिय भएका थिए । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति भने जुट्न सकेन ।

पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : ११ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।