नेकपा स्थायी कमिटी बैठकमा ५ वटा कार्यसूची पेश | Khabarhub Khabarhub

नेकपा स्थायी कमिटी बैठकमा ५ वटा कार्यसूची पेश


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारदेखि शुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ वटा कार्यसूची प्रस्तुत गरेका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमा कार्यसूची पेश गरेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार बसेको बैठक अध्यक्ष प्रचण्डको कार्यसूची पेश भएसँगै सकिएको छ ।

स्थायी कमिटीको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका कार्यसूची तथा प्रतिवेदनहरुमा छलफल शुरु हुने छ ।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलना खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुवासचन्द्र नेम्वाङलगायत ३० जना स्थायी कमिटी सदस्यहरु सहभागी भएका जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : ५६ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २