नेकपा स्थायी कमिटी बैठकमा ५ वटा कार्यसूची पेश « Khabarhub

नेकपा स्थायी कमिटी बैठकमा ५ वटा कार्यसूची पेश


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबारदेखि शुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ५ वटा कार्यसूची प्रस्तुत गरेका छन् ।

प्रचण्डले राजनीतिक प्रतिवेदन, विधान संशोधन, नेपाल भारत सीमा समस्या, आगामी केन्द्रीय कमिटीको बैठक र विविध विषयमा कार्यसूची पेश गरेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार बसेको बैठक अध्यक्ष प्रचण्डको कार्यसूची पेश भएसँगै सकिएको छ ।

स्थायी कमिटीको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । सोमबार बस्ने बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेका कार्यसूची तथा प्रतिवेदनहरुमा छलफल शुरु हुने छ ।

आइतबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलना खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा (बादल), विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुवासचन्द्र नेम्वाङलगायत ३० जना स्थायी कमिटी सदस्यहरु सहभागी भएका जनाइएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ४ : ५६ बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका