पौडेल पक्षले बहिष्कार गरेपछि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित « Khabarhub

पौडेल पक्षले बहिष्कार गरेपछि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतवार(आज) दिउँसोका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उपस्थित नभएपछि बैठक केहीबरे बसेर स्थगित भएको हो ।

बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

उनलाई मनाउन देउवा पनि लागि परेका थिए तर उनको प्रयास सफल हुन सकेन । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुट्न सकेन ।

पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका