राजपाले तदर्थ समितिको म्याद पुस १५ सम्म थप्यो « Khabarhub

राजपाले तदर्थ समितिको म्याद पुस १५ सम्म थप्यो


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पार्टीको एकता महाधिवेशन नहुन्जेलका लागि बनाइएका विभिन्न तदर्थ समितिको समयावधि थप गरेको छ ।

राजपाको अध्यक्ष मण्डलको आज पार्टी कार्यालय बबरमहलमा बसेको बैठकले वडा तदर्थ समिति, पालिका तदर्थ समिति, क्षेत्रीय तदर्थ समिति र जिल्ला तदर्थ समिति गठन गर्न आगामी पुस १५ गतेसम्मका लागि म्याद थप गर्ने निर्णय गरेको छ ।

राजपाले यसअघि यही मङ्सिर १५ गते सममको म्याद दिएकामा सबै जिल्लामा अझै कार्य सम्पन्न नभएकाले उक्त कार्यको लागि समयावधि थपेको हो ।

साथै यही मङ्सिर ३० गते बोलाइएको केन्द्रीय पर्यवेक्षकको बैठक हाललाई स्थागित गर्ने निर्णयसमेत गरिएको राजपाले विज्ञप्तिमार्फत जनाएको छ । राजपाले तदर्थ समितिलाई जिल्ला अधिवेशनकै रुपमा लिएको छ । पार्टीको एकता महाधिवेशनको मिति भने अझै निश्चित भएको छैन । राजपाले छिट्टै महाधिवेशनको मिति घोषणा गर्ने जनाएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  १० : ४५ बजे

एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि

काठमाडौं- नेकपा एमालेको ११ औ महाधिवेशनमा मतदान भोलि बिहान ८

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह

दिनभर अनुपस्थित ओली साँझ ७ बजेपछि मात्रै मतदानस्थल पुगे

 काठमाडौं – नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै