सामूहिक बहसमा मन्त्री भट्टराईसहित थापा र मिश्रले के भने ? « Khabarhub

सामूहिक बहसमा मन्त्री भट्टराईसहित थापा र मिश्रले के भने ?


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की-पोखरा जारी आठौँ संस्करणको आईएमई साहित्य महोत्सवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, पूर्वमन्त्री एवंं काँग्रेस नेता गगन थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आज सामूहिक बहस गरेका छन् ।

महोत्सवअन्तर्गतको ‘अबको नेतृत्व कस्तोे’ शीर्षकको सत्रमा समसामयिक राजनीति, राज्य र दलहरूका अवस्थाका विषयमा थियो भने सहभागीले यिनै विषयमा आधारित भई जिज्ञाशा राखेका थिए । सहभागीका प्रश्नको जवाफका साथै बहसकै क्रममा भट्टराई, थापा र मिश्रबीच एक आपासमा सवाल जवाफ पनि भएका थिए ।

कार्यक्रममा मन्त्री भट्टराईले नेतृत्व प्रक्रियाबाट जन्मिने बताउँदै यो कुनै जोखाना हेरेर नजन्मने उल्लेख गरे । कालापानी, लिपुलेकलगायत सीमा मिचिएको बारेमा सहभागीले सोधेका प्रश्नको जवाफमा मन्त्री भट्टराईले यसको समाधानमा सबै दल एकमत रहेको बताए ।

राष्ट्रियताको विषयमा सरकारले कूटनीतिक तबरले वार्ता गरेर समाधान गर्ने उनको भनाइ थियो । बोलेर नभई काम गरेर जवाफ दिनुपर्ने अवस्था आएको चर्चा गर्दै उनले ‘पारदर्शी भएर काम गर्छौँ कि गदैनौँ, त्यसको प्रतीक्षा गर्नुहोस्’ भने ।

आशा गरिएका युवा नेता पनि पुरानै नेतासँग किन एकाकार भइरहेका छन् भन्ने सहभागीको जिज्ञासामा पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता थापाले पुराना सबै खराबै खराब र नयाँ सबै राम्रो भन्न नमिल्ने स्पष्ट पारे ।

सामाजिक आन्दोलनबाट आएका मान्छेलाई पनि पार्टीमा लाने, प्रशिक्षित गर्ने र भोलि नेतृत्व गर्ने बनाउनुपर्ने उल्लेख गर्दै उनले आफ्नै दलभित्र पनि गरिने हस्तक्षेप आवश्यकताअनुसार हुने बताए । नेता आफ्नै संघर्षले जन्मने उल्लेख गर्दै थापाले संघर्ष र एजेण्डाबाटै नेता स्थापित हुने धारणा राखेका थिए ।

२०७४ को चुनावमा एकीकरण भएर चुनावमा होमिएका साझा र विवेकशीलको फुटका सम्बन्धमा सहभागीको जिज्ञासामा साझा पार्टीका संयोजक मिश्रले फुटले आफूहरूलाई ठेस लागे पनि यसबाट शिक्षा लिएर अघि बढेको बताए ।

राजनीतिक प्रणालीमा नभई कार्यशैलीमा आपत्ति उल्लेख गर्दै उनले भने, “अहिले राजनीतिक नेतृत्वको एक वर्गले यसरी सम्बन्ध जोडेको छ, त्यो सम्बन्धको डोरी चुडियो भने व्यवसाय गर्न सक्दैन, सामान्य नागरिकले त्यो राजनीतिक दलसँग जोडिएन भने वृत्ति विकास नै हुँदैन भन्ने ठान्छ ।”

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ०९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर