सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत | Khabarhub Khabarhub

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने १४ जनाको सनाखत


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दोलखाको कालिञ्चोकबाट भक्तपुर आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको यात्रुबस सुनकोसी गाउँपालिका-७ को छ किलो मोडबाट खस्दा मृत्यु हुने १४ जनाको सनाखत भएको छ ।

आइतबार बिहान लामोसाघु जिरी सडकखण्ड अन्तर्गत ६ किलोबाट ५ किलोको सडकमै खस्दा घटनास्थलमै १२ को मृत्यु भएको थियो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिका रहेका छन् । मृतकमध्ये १४ जनाको सनाखत भएको छ ।

दुर्घटनामा दोलखा जिल्ला भिमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकुण्ड गाउँपालिका–४ प्रितीका २४ वर्षीय महेश तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र सोही स्थानकी उनकी श्रीमती ३५ वर्षीया मैया खत्री, लिसंखुपाखर गाउँपालिका–४ की ५३ वर्षीया गंगामाया लामा, जुगल गाउँपालिका–७ याङलकोटकी ७ वर्षीया सविना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बलेफी गाउँपालिका–५ चिम्लिङ की ३७ वर्षीया फुलमाया तामाङ र दोलखा शैलुङश्वरी गाउँपालिका फस्कुका १० वर्षीया रञ्जित बस्नेत, रामेछाप सुनपाती ६ की जुनमाया तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ, र भत्तपुर सुर्यविनायक ८ की ३८ वर्षीया चिनु बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी इन्सपेक्टर नवराज न्यौपानेले जानकारी दिए ।

‘घाइतेको काभ्रेको धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ । ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका हुन् । बस सडकबाट एकसय मिटर तल खसेको थियो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । गाडीका चालक भने फरार रहेका छन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : १९ बजे

३३ वर्षमा पनि पूरा भएन दमक–चिसोपानी सडक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा

भ्रष्टाचारमा डुबेका मन्त्रीद्वय गुप्ता र अधिकारीलाई तुरुन्त बर्खास्त गरियोस् : विवेकशील साझा

काठमाडौं– विवेकशील साझा पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

गाजाको पानी वितरण केन्द्रमा आक्रमण : ६ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौं – आइतबार गाजामा पानी वितरण केन्द्रमा पानी थापिरहेका १०