पूर्व सभामुख महराको मुद्दामा साक्षीहरुको बकपत्र शुरु « Khabarhub

पूर्व सभामुख महराको मुद्दामा साक्षीहरुको बकपत्र शुरु


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जबरजस्ती करणी उद्योगको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रहेका पूर्व सभामुख कृष्णबहादुर महराको मुद्दामा आइतबारबाट बकपत्र शुरु भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा दुवैतर्फका साक्षीहरुको बकपत्र शुरु भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासले यही मंसीर ६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

पाण्डे उच्च अदालतको न्यायाधीश भएर गएपछि पौडेलको इजलासमा बकपत्र सुरु गरिएको हो । साक्षीहरुको बकपत्र सोमबार पनि चल्नेछ ।

अदालतको आदेशानुसार महरा अहिले डिल्लीबजार कारागारको थुनामा छन् ।

महरामाथि जवरजस्ती करण उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अधिकत्तम ७ वर्ष कैद सजायको मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ३१ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा