भूमिहीनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल « Khabarhub

भूमिहीनलाई जमीनको मालिक बनाउनुपर्छ : मन्त्री अर्याल


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सुकुम्वासी भूमिहीनलाई जमीनको मालिक बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।

बरहथवा नगरपालिकामा  आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले मुलुकमा कुनै पनि नागरिक अब भूमिहीन नरहने बताइन् । त्यसको लागि कानून बनाउन लागेको उनले जानकारी गराएकी थिइन ।

“लामो समयदेखि देखिँदै आएको भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले कडा कानून बनाउन लागेको छ”, “अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउँछौँ, भूमि व्यवस्थापन गरी उत्पादन बढाउछौँ, अब जनताले भूमिसम्बन्धी समस्या बोकेर लामो समय भौतारिनु पर्दैन ।”, मन्त्री अर्यालले भनिन् ।

अनाधिकृत रुपमा दर्ता भएका तथा भू–माफियाले कब्जा गरेका सरकारी र सार्वजनिक जग्गाको बदर गर्ने अभियानको शुरुआत देशैभरी भएको मन्त्री अर्यालले बताइन् ।

बरहथवा नगरपालिकामा पर्ने हजरिया बारह बिघा क्षेत्रमा विभिन्न व्यक्तिहरुले गैरकानुनी किसिमले दर्ता गराएको १८ बिघा १५ कठ्ठा १३ घुर सरकारी जग्गा फिर्ता तथा दोहोरो श्रेस्ता रहेको १३ कठ्ठा जग्गाको दोहोरो श्रेस्ता खारेजीको घोषणा गर्दै अब यस्ता जग्गाको खोजीमा देशैभरी कडाई गरिने उनले बताइन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ९ : ३० बजे

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर