अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल | Khabarhub Khabarhub

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरको किस्ट मेडिकल कलेजले आन्तरिक परीषामा फेल गराएको नयाँ पत्रिकामा खबर छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान थालेको छ ।

गण्डकी मेडिकल कलेज प्रकरण : विद्यार्थीको पक्षमा अदालतको आदेश शीर्षकको समाचारमा विद्यार्थीबाट फिरौतीको शैलीमा रकम संकलन गर्ने गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालले निषेधाज्ञा माग्दै उच्च अदालतमा रिट दायर गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बुधबार र बिहीबार दिनभर बहस गरेपछि मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले अर्यालको माग अस्वीकार गरेको हो।

‘२१ फागुनमा विद्यार्थीका तर्फबाट अपराधको किटानी जाहेरी गरेको देखिएको, जाहेर गरेका प्रतिवादीमध्ये जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भई सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परिसकेको र जिल्ला अदालतबाटै निवेदकउपर नै पक्राउ पुर्जी जारी गर्न अनुमति दिएकाले निवेदकहरूको मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन, कानुनबमोजिम गर्नू,’ उच्च अदालतको आदेश छ।

एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा नेकपाका शीर्ष नेता शीर्षकको समाचारमा १० महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए। उनीहरूबीच अढाई घन्टा छलफल भएको हो।

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन्। ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ। विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन। तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ। अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : २५ बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं