अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल « Khabarhub

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजका ५० विद्यार्थी फेल


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरको किस्ट मेडिकल कलेजले आन्तरिक परीषामा फेल गराएको नयाँ पत्रिकामा खबर छ । आन्तरिक परीक्षामा फेल भएका विद्यार्थी बोर्डको परीक्षाबाट बञ्चित हुन्छन् । यसबारे उजुरी परेपछि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान थालेको छ ।

गण्डकी मेडिकल कलेज प्रकरण : विद्यार्थीको पक्षमा अदालतको आदेश शीर्षकको समाचारमा विद्यार्थीबाट फिरौतीको शैलीमा रकम संकलन गर्ने गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। जिल्ला अदालत कास्कीले जारी गरेको पक्राउ पुर्जीविरुद्ध अर्यालले निषेधाज्ञा माग्दै उच्च अदालतमा रिट दायर गरेका थिए । वादी र प्रतिवादीका तर्फबाट अधिवक्ताहरूले बुधबार र बिहीबार दिनभर बहस गरेपछि मुख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त इजलासले अर्यालको माग अस्वीकार गरेको हो।

‘२१ फागुनमा विद्यार्थीका तर्फबाट अपराधको किटानी जाहेरी गरेको देखिएको, जाहेर गरेका प्रतिवादीमध्ये जिल्ला अदालत कास्कीको अनुमतिले पक्राउ पुर्जी जारी भई सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा पक्राउ परिसकेको र जिल्ला अदालतबाटै निवेदकउपर नै पक्राउ पुर्जी जारी गर्न अनुमति दिएकाले निवेदकहरूको मागबमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन, कानुनबमोजिम गर्नू,’ उच्च अदालतको आदेश छ।

एकीकरण टुंग्याउने अन्तिम गृहकार्यमा नेकपाका शीर्ष नेता शीर्षकको समाचारमा १० महिनादेखि अल्झिएको एकीकरण प्रक्रियाको बाँकी काम केही दिनमै टुंगो लगाउने गरी नेकपाको शीर्ष तहमा ‘निर्णायक’ छलफल सुरु भएको छ। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताले केही दिनभित्रै एकीकरण टुंगो लगाउने गरी बिहीबारबाट छलफल सुरु गरेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए। उनीहरूबीच अढाई घन्टा छलफल भएको हो।

पहिलो चरणमा जिल्ला अध्यक्ष र सचिवको सूची टुंगो लगाउन सचिवालय बैठकमा अनुमोदनका लागि प्रस्ताव लैजाने गरी ‘निर्णायक छलफल’ अघि बढेको नेताहरूले बताएका छन्। ‘एक–दुई दिनमै टुंगिन्छ कि टुंगिँदैन, तर फेरि छलफलको क्रम सुरु हुन खोजेको छ। विधि र मापदण्डका आधारमा पार्टीलाई एकताबद्ध गरेर लैजाने सोच हो भने छिट्टै टुंगिन सक्छ,’ बैठकपछि नेता नेपालले नयाँ पत्रिकासँग भने, ‘ढिलाइ भो, बैठक बसेन, भेटै भएन भने त हुन सक्दैन। तर, अहिले धेरै ढिलाइ भइसकेकाले दुई दिन होइन, आमचाहना एक दिनमै होस् भन्ने छ। अहिले त्यस दिशामै छलफल अघि बढ्ने सकारात्मक संकेत देखिएको छ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ७ : २५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई