वैदेशिक रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा , कोमामा २५ जना | Khabarhub Khabarhub

वैदेशिक रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा , कोमामा २५ जना


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली कामदार विभिन्न देशका जेल परेका छन् ।

रोजगारीकै क्रममा घाइते अथवा बिरामी परेर रोजगारदाता देशकै अस्पतालमा २५ जना नेपाली कामदारको उपचार भइरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ ।

विभिन्न विदेशका जेलमा १९ महिला र ५ सय २६ पुरुष गरि ५ सय ४५ जना जेल परेको बोर्डले जानकारी दिएको छ । बोर्डकाअनुसार ३ महिला र २२ पुरुष गरि २५ जना नेपाली रोजगारदाता विभिन्न देशका अस्पतालको कोमामा उपचारत रहेको जनाएको छ ।

मलेसियामा २ सय ३ पुरुष र २ महिला गरि २ सय ५ जना नेपाली जेलमा रहेको बोर्डले जानकारी दिएको छ । यस्तै, युएईमा १२ महिला र १ सय ७३ पुरुष गरि १ सय ८५ जना, कुवेतमा ३ महिला र ५५ पुरुष गरि ५८ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना, ओमानमा २ महिला र १ पुरुष गरि तीन जना र बहराइनमा ५ जना रोजगारीमा गएका कामदार जेल परेको बोर्डले जानकारी दिएको छ ।

यसैगरी कतारमा ९ जना रोजगारीमा, साउदीमा १ महिला र ४ पुरुष गरि ५ जना, बहराइनमा ४ जना, ओमनमा एक महिला र १ पुरुष गरि २ जना, कुवेतमा १ महिला र ३ जना पुरुष गरि ४ जना, जापानमा १ जना र युएईमा १ जना गरि २५ जना कोमामा उपचारत रहेको बोर्डको तंथ्याकमा उल्लेख गरिएको छ ।

सवैभन्दा धेरै मलेसिया रोजगारीमा गएका कामदार जेलमा परेका छन् । यस्तै, कतारमा धेरै नेपाली कोमामा रहेको बोर्डले जानकारी दिएको छ ।
सरकारले रोजगारदाता देशको सम्बन्धीत निकायसँग कानूनी परामर्श गरेर विदेशी जेलमा रहेको नेपाली कामदार छुटाउन प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

बोर्डले विदेशी जेलमा रहेका कामदार छुटाउन सम्बन्धित देशमै कानूनी परामर्श (वकिल) राखेर कानूनी उपचार खोजिने कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘वैदेशिक रोजगारीमा गएका कामदार कसरी जेल परेका छन् । यो विषयमा बोर्ड अध्ययन र अनुसन्धान गरिरहेको छ । सामान्य मुद्दामा जेल परेका कामदार छुटाउन पहल गरिँदै छ ’ उनले भने ।

कोमामा उपचार गराइरहेका कामदारलाई स्वदेशमै ल्याएर उपचार गर्न विषयमा पनि बोर्डले विभिन्न अस्पतालसँग छलफल र उपचार गर्न योग्यै अस्पतालको खोजी गरिरहेको उनले जानकारी दिए । बोर्डले कोमामा रहेका कामदारको अवस्थाका विषयमा सम्बन्धित देशको अस्पतालमा गइ वास्तविकता बुझने श्रेष्ठको भनाइ छ ।

बोर्डले विदेशमा रहेका नेपाली कुटनीतिक नियोगको सहयोगमा कोमामा उपचाररत र जेलमा रहेका कामदारको तंथ्याक संकलन गरेको जनाएको छ । आर्थिक वर्ष सुरु भएको ८ महिनामा १६ महिला र ५ सय ५४ पुरुषले रोजगारीका क्रममा ज्यान गुमाएका छन् । गएका १० वर्षमा करिब ८ हजार नेपाली रोजगारीका क्रममा ज्यान गुमाएका बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ४ : ५० बजे

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दी – धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो