वैदेशिक रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा , कोमामा २५ जना « Khabarhub

वैदेशिक रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा , कोमामा २५ जना


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली कामदार विभिन्न देशका जेल परेका छन् ।

रोजगारीकै क्रममा घाइते अथवा बिरामी परेर रोजगारदाता देशकै अस्पतालमा २५ जना नेपाली कामदारको उपचार भइरहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जानकारी दिएको छ ।

विभिन्न विदेशका जेलमा १९ महिला र ५ सय २६ पुरुष गरि ५ सय ४५ जना जेल परेको बोर्डले जानकारी दिएको छ । बोर्डकाअनुसार ३ महिला र २२ पुरुष गरि २५ जना नेपाली रोजगारदाता विभिन्न देशका अस्पतालको कोमामा उपचारत रहेको जनाएको छ ।

मलेसियामा २ सय ३ पुरुष र २ महिला गरि २ सय ५ जना नेपाली जेलमा रहेको बोर्डले जानकारी दिएको छ । यस्तै, युएईमा १२ महिला र १ सय ७३ पुरुष गरि १ सय ८५ जना, कुवेतमा ३ महिला र ५५ पुरुष गरि ५८ जना, साउदीमा ५४ जना, कतारमा ३५ जना, ओमानमा २ महिला र १ पुरुष गरि तीन जना र बहराइनमा ५ जना रोजगारीमा गएका कामदार जेल परेको बोर्डले जानकारी दिएको छ ।

यसैगरी कतारमा ९ जना रोजगारीमा, साउदीमा १ महिला र ४ पुरुष गरि ५ जना, बहराइनमा ४ जना, ओमनमा एक महिला र १ पुरुष गरि २ जना, कुवेतमा १ महिला र ३ जना पुरुष गरि ४ जना, जापानमा १ जना र युएईमा १ जना गरि २५ जना कोमामा उपचारत रहेको बोर्डको तंथ्याकमा उल्लेख गरिएको छ ।

सवैभन्दा धेरै मलेसिया रोजगारीमा गएका कामदार जेलमा परेका छन् । यस्तै, कतारमा धेरै नेपाली कोमामा रहेको बोर्डले जानकारी दिएको छ ।
सरकारले रोजगारदाता देशको सम्बन्धीत निकायसँग कानूनी परामर्श गरेर विदेशी जेलमा रहेको नेपाली कामदार छुटाउन प्रयास गरिरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

बोर्डले विदेशी जेलमा रहेका कामदार छुटाउन सम्बन्धित देशमै कानूनी परामर्श (वकिल) राखेर कानूनी उपचार खोजिने कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘वैदेशिक रोजगारीमा गएका कामदार कसरी जेल परेका छन् । यो विषयमा बोर्ड अध्ययन र अनुसन्धान गरिरहेको छ । सामान्य मुद्दामा जेल परेका कामदार छुटाउन पहल गरिँदै छ ’ उनले भने ।

कोमामा उपचार गराइरहेका कामदारलाई स्वदेशमै ल्याएर उपचार गर्न विषयमा पनि बोर्डले विभिन्न अस्पतालसँग छलफल र उपचार गर्न योग्यै अस्पतालको खोजी गरिरहेको उनले जानकारी दिए । बोर्डले कोमामा रहेका कामदारको अवस्थाका विषयमा सम्बन्धित देशको अस्पतालमा गइ वास्तविकता बुझने श्रेष्ठको भनाइ छ ।

बोर्डले विदेशमा रहेका नेपाली कुटनीतिक नियोगको सहयोगमा कोमामा उपचाररत र जेलमा रहेका कामदारको तंथ्याक संकलन गरेको जनाएको छ । आर्थिक वर्ष सुरु भएको ८ महिनामा १६ महिला र ५ सय ५४ पुरुषले रोजगारीका क्रममा ज्यान गुमाएका छन् । गएका १० वर्षमा करिब ८ हजार नेपाली रोजगारीका क्रममा ज्यान गुमाएका बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ४ : ५० बजे

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित

विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग