राष्ट्रपति फर्किंने रेड कार्पेटमा सर्पले बाटो काट्नु अशुभ संकेत : ज्योतिष शास्त्री « Khabarhub

राष्ट्रपति फर्किंने रेड कार्पेटमा सर्पले बाटो काट्नु अशुभ संकेत : ज्योतिष शास्त्री


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी न्यूयोर्क भ्रमणबाट स्वदेश फर्किने क्रममा त्रिभुवन विमानस्थलमा उनको स्वागतका लागि ओछ्याइएको ‘रेड कार्पेट’मा एकाएक सर्प देखियो ।

उनको स्वागतका लागि उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा उच्चपदस्थ अधिकारीको सहभागी रहेको बाक्लो भीडमै सर्प देखिएपछि यसलाई लिएर विभिन्न तर्कहरु गर्न थालिएका छन् ।

यस्तो भीडमा सर्प देखिनु सुरक्षाका दृष्टिले पनि संवेदनशील हो । त्यसमा पनि अति विशिष्टलाई स्वागत गर्ने स्थानमा सर्प कसरी आइपुग्यो भन्नेबारे चर्चा चलिरहेको छ ।

यसरी सर्प देखिनुलाई ज्योतिष शास्त्रीय दृष्टिकोणले त झन अशुभ मानिन्छ । ज्योतिषीहरु भन्छन्– ‘कुनैपनि शुभ कार्यमा न्याउरी मुसा, बिरालो, सर्पले बाटो काट्दा अशुभ हुन्छ । यो खतराको संकेत हो ।’

खबरहवसँग कुरा गर्दै ज्योतिषी प. ओजराज लोहनी ‘उपाध्याय’ले भने ‘राष्ट्रपति फर्किंदा सर्प देखिनु अत्यन्तै अशुभ र अस्वभाविक पनि हो, यसले राष्ट्रलाई नै खतराको संकेत गरेको छ ।’

‘ज्योतिष शास्त्र अनुसार सर्पले बाटो काटेमा त्यसभन्दा अगाडि नबढ्नु भन्ने हुन्छ, अर्थात केही पूजाविधि पूरा गरी मात्र अगाडि बढ्नुपर्छ ।’ खबरहबसँग कुरा गर्दै अर्का ज्योतिष ‘एष्ट्रो राज’ले भने,‘राष्ट्रपतिकै सवारीमा यसरी एकाएक सर्प देखिनु अशुभ पनि हो ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  ८ : १४ बजे

पर्वतका किसानलाई माछाका भुरा निःशुल्क वितरण

पर्वत– पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछापालन गर्दै आएका किसानलाई

गण्डकी अस्पतालको आकस्मिक विभागलाई ह्विलचियर

गण्डकी– शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर सामाजिक योगदान पुर्‍याउँदै

प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारीखेती विस्तार

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई धम्की दिने पक्राउ

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई

कङ्गोमा इबोला प्रकोपको कारण ८० जनाको मृत्यु

काठमाडौं- लोकतान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा नयाँ इबोला प्रकोपबाट मृत्यु