आर्थिक हिसावले वर्ष २०७५ : समृद्धिको सपना बुनियो ! | Khabarhub Khabarhub

आर्थिक हिसावले वर्ष २०७५ : समृद्धिको सपना बुनियो !




काठमाडौं– वर्ष २०७५ आर्थिक सृमद्धिका हिसाबले मध्यम रह्यो । स्थायी सरकार बनेको, समयमै बजेट आएर अख्तियारी समयमै दिइएको भएपनि विकास खर्च तुलनात्मक रुपमा उत्साहप्रद रहन सकेन ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्म करिब ३४ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । जुन समस्या हरेक आर्थिक वर्षमा देखिँदै आएको समस्या समेत हो । कुल बजेटको करिब ४६ प्रतिशत मात्रै पैसा खर्च भएको छ । यसको मतलव वर्ष २०७५ मा समेत खर्च गर्न सक्ने क्षमतामा खासै सुधार हुन सकेन ।

सोधनान्तर घाटा कायमै, मुल्यवृद्धि स्थीर

वर्ष २०७५ मा सोधनान्तर घाटा समेत चुलिएको छ । अघिल्लो वर्ष १८ अर्ब रुपैयाँ घाटामा रहेको सोधनान्तर बचत वर्ष २०७५ मा भने ४९ अर्बभन्द बढी पुगेको छ । व्यापारघाटा समेत कहालीलाग्दो अवस्थामा पुग्यो । केन्द्रीय बैंकका अनुसार वर्ष २०७५ मा मात्रै करिब ६ खर्ब रुपैयाँ व्यापारघाटा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

हरेक वर्ष बढ्दै गएको आयात पछिल्लो ५ महिनामा मात्रै ६ खर्ब ७ अर्ब रुपैया बराबर पुगेको छ । त्यही समयमा निर्यात भने साढे ३७ अर्ब मात्रै गर्न सक्यो । वर्ष २०७५ मुद्रास्फितिका हिसाबले भने सन्तोषप्रद रह्यो । ५ प्रतिशतभन्दा कमको मुल्यवृद्धि आर्थिक रुपमा सन्तोषजनक मानिने भएपनि वर्ष २०७५ मा मृल्यवृद्धि साढे ४ प्रतिशतभन्दा माथि पुगेन ।

शेयर बजार ओरालोतर्फ

आर्थिक गतिविधिको एक परिसूचकका रुपमा लिइने शेयर बजार समेत वर्ष २०७५ मा सन्तोषजनक रहन सकेन । १२८०.१५ अंकमा रहेको नेप्से परिसूचक वर्षको अन्तिम दिन अर्थात् शुक्रबार ११८४.०२ अंकमा सिमित भयो । नयाँ वर्षको शुरुमै बढेर १४३८.४९ अंकमा पुगको नेप्से वर्षको अन्त्यसम्म पनि निरन्तर ओरालो लागिरह्यो ।

कतिले अर्थमन्त्रालयका कारण शेयर ओरालो लागेको तर्क गरेपछि मन्त्रालयले गठन गरेको उपसमितिले प्रतिवेदन समेत दिएको तर कार्यान्वयन नभएका कारण नेप्सेले ‘ट्रेण्ड’ लिन सकेन । निरन्तर ओरालो लागेको शेयर बजार उकासिने आशासहित अनलाइन कारोबार शुरु भएपनि लगानीकर्ताले अर्बौँ रुपैयाँ गुमाए । त्यसैका कारण लगानीकर्ताले दबाब समूह बनाएर आन्दोलन समेत गरे, तर नेप्सेले लय समात्न सकेन ।

बेरुजू बढेको बढ्यै

गत वर्र्षभन्दा यस वर्र्ष बेरुजु समेत बढेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार गत वर्र्ष ५ अर्ब ८ करोड रहेको बेरुजु यस वर्र्ष बढेर ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको छ ।

त्यसैगरी प्रतिव्यक्ति ऋणमा पनि वृद्धि भएको छ । यस वर्र्ष नेपालीहरुको प्रतिव्यक्ति ऋण ३१ हजार ७ सय ५० रुपैयाँ पुगेको छ । स्थानीय तहले जथाभावी कर बढाएपछि आक्रोश शुरु भयो । अर्कोतर्फ स्थानीय तहका जनप्रतिनिधिको सवारीमोहका कारण वित्तिय समानीकरण अनुदानका नाममा स्थानीय तहमा पठाइएको रकम समेत दुरुपयोग भएको देखिएको छ ।

संघीय संरचनामा मुलुक गइसकेको भएपनि २१ वटा स्थानीय तहले भने बजेट नै ल्याउन सकेनन् । बैठक बसेर केन्द्रबाट पठाइएको पैसा खर्च गर्नबाहेक २१ स्थानीय तहले बजेट सार्वजनिक नगरी खर्च गरिरहे ।

लगानी गर्ने वातावरण कमजोर

नेपालमा सबैभन्दा ठूलो समस्याका रुपमा रहेको भ्रष्टाचार सूचकांक समेत वर्ष ०७५ मा नेपालले सुधार गर्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बताए पनि नेपालमा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा १ सय २४ औँ स्थानमा रह्यो ।

कूल १ सय पुर्णाङ्कमा नेपालले जम्मा ३१ अंक मात्रै पाएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको तथ्याङ्कमा समेटिएको छ । वर्ष २०७५ मा अख्तियारका आयुक्तको पदमै रहेका बेला भएको भ्रष्टाचारसँगै वाइडबडी जहाज खरिद प्रकरण, मेलम्ची आयोजनमा भएको भ्रष्टाचारले समेत तरंगित बन्यो ।

अर्कोतर्फ लगानीको वातावरण मापन गर्दै आएको विश्व बैंकको सूचीमा नेपाल अघिल्लो वर्षको तुलनामा ५ स्थान तल झ¥यो । यसको मतलव नेपालमा लगानीको वातावरण झन् खस्कँदो रहेको देखिएको हो । तर लगानीका लागि आवश्यक मानिएका महत्वपूर्ण कानून भने संसदले पारित गरेको छ ।

वर्षको अन्त्यमा लगानी सम्मेलन

‘सुखी नेपाली समृद्ध नेपाल’ नाराका साथमा गठन भएको वर्तमान सरकारले वैदेशिक लगानीमार्फत नेपालको अर्थिक समृद्धिका लागि टेवा पुग्ने भन्दै वर्षको अन्त्यमा लगानी सम्मेलन आयोजना भयो ।

४० देशका ६ सय बढी लगानीकर्ता सहभागी भएको सम्मेलनमा राखिएका ७७ वटा परियोजनामध्ये १६ वटा परियोजनामा लगानीकर्ताको आकर्षण देखियो । करिब १३ खर्ब बराबरको लगानी प्रस्ताव आएको दाबी सरकारले गरेको छ ।

तर, कति लगानी आउँछ भन्ने टुङ्गो लागिसकेको छैन । तर, विदेशी लगानीकर्ताको उत्साहजनक उपस्थितिका कारण सरकार भने हौसिएको छ ।

वर्ष २०७५ नेपाली अर्थतन्त्रका लागि आशातितरुपमा उल्लेख्य देखिएनन् । तर आगामी साउनबाट १५ औ पञ्चवर्षीय योजना लागू हुने भएकाले आगामी आर्थिक वर्ष नेपाली अर्थतन्त्रले काँचुली फेर्ने अपेक्षा भने गर्न सकिन्छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १२ : ४१ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०