देशको नाम कृषि प्रधान, काम सबै सामान आयात गर्ने « Khabarhub

देशको नाम कृषि प्रधान, काम सबै सामान आयात गर्ने


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्ला केही वर्षदेखि खाद्यान्नको आयात समेत उच्च गतिमा बढ्ने क्रम रोकिएको छैन।

कृषिप्रधान देश भनेर भनिएपनि खाद्यान्नको आयात बढिरहेका कारण व्यापारघाटा समेत उच्च हुदै गइरहेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्याङ्कअनुसार २०७३/२०७४ मा २४ अर्ब बरारबरको चामल आयात भएकोमा ०७४/०७५ मा त्यो रकम बढेर ३० अर्ब रुपैया पुगेको थियो ।

चालु आर्थिक वर्षमा पनि चामलको आयात बढ्ने अनुमान गरिएको छ । पहिलो ५ महिनामा मात्रै साढे १३ अर्बभन्दा बढिको चामल आयात भएको तथ्याङ्क छ । पहाडी जिल्लाको प्रमुख खाद्यान्न मकैको आयातसमेत बढिरहेको छ । २ वर्षअघि साढे २ अर्ब रुपैयाभन्दा बढिको मकैको आयात भएकोमा अघिल्लो आर्थिक वर्षमा त्यो रकम बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मात्रै साढे ५ अर्बको मकै आयात भएको छ । कुखुरापालन व्यवसाय बढ्दै गएका कारण दाना उत्पादनका लागि मकैको आयात बढेको मन्त्रालयले दाबी गरेको छ ।

नेपालका हिमाली जिल्लाको स्याउले बजार नपाएको गुनासो आइरहेका बेला नेपाली बजारमा भने विदेशी स्याउ नै बढी छ । २ वर्षअघि ४ अर्ब ८७ करोडको स्याउ आयात भएकोमा अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ६३ करोड रुपैयाको स्याउ आयात भएको थियो भने चालु आर्थिक वर्षको पहिलो ५ महिनामा २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १२ : ५५ बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा