घुस दिन खोज्ने बसका चालकसहित ३ जना पक्राउ « Khabarhub

घुस दिन खोज्ने बसका चालकसहित ३ जना पक्राउ


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ३ लाख ५० हजार घुस दिन खोज्ने दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसका चालकसहित ३ जना पक्राउ गरेको छ ।

प्रहरीलाई नै घुस दिन खोज्ने भारतको दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बसका चालक श्याम विश्वकर्मा, सुर्खेतकी दिपा राना र नुवाकोट ककनीका भरत तामाङलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

उनीहरुलाई प्रहरीले गत चैत्र ३० गते साँझ काठमाडौंको चमतीबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । उनीहरुले बसमा लुकाई करिव ५५ लाख ८८ हजार मूल्य बराबरको लत्ताकपडा अवैध रुपमा नेपाल ल्याएका थिए ।

सो अवैध लत्ता कपडा छुटाउन प्रहरीलाई घुस दिनका लागि सर्लाहीका चालक विश्वकर्माले ल्याएको ३ लाख रुपैयाँ पनि प्रहरीले बरामद गरेको जनाएको छ ।  चालक विश्वकर्मालाई सो काममा सहयोग गर्ने तामाङसँग रहेको ५० हजार नगद पनि बरामद गरिएको परिसर प्रमुख लामाले जानकारी दिए ।

गोप्य  सूचनाको आधारमा प्रहरीले सो टुरिष्ट बसमा खानतलासी गरेको थियो । उनीहरुको साथबाट थप १ लाख नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : २१ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट