जति प्रयास गर्दा पनि समयमै निद्रा लाग्दैन, अब यस्तो गर्नुस् « Khabarhub

जति प्रयास गर्दा पनि समयमै निद्रा लाग्दैन, अब यस्तो गर्नुस्


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समयमा निद्रा नलाग्ने समस्या नेपालीहरुमा सामान्य बन्दै गएको छ । पढ्दै गरेका बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाहरुमा समेत निद्रा नलाग्ने समस्याले निकै सताउँछ ।

विशेषगरी परीक्षाको तयारी गर्दै गर्दा विद्यार्थीहरु रातको समयमा पनि निदाउन सक्दैनन् । सुत्ने समयमा जिन्दगीका विभिन्न घटनाहरु सम्झँदा मनमा चिन्ता तथा डर उत्पन्न हुन्छ जसकारण मानिसहरु समयमा निदाउँन सक्दैनन् ।

दैनिक जीवन स्वस्थ भएन भने मानिसहरु रातको समयमा आरामसँग निदाउन सक्दैनन् । तर सधैँ निद्राको समस्या हुन्छ भने त्यसलाई समान्य सोच्नु हुँदैन । मानसिक रोग विशेषज्ञ डा.रितेश थापाका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुमा निद्राको समस्या बढी हुने गर्छ ।

‘निद्रा नलाग्ने समस्याका कारणहरु धेरै हुन्छन् । निद्रा नलाग्दैमा त्यसलाई रोग नै हो भन्न मिल्दैन, डा थापा भन्छन्, ‘तर डिप्रेसन, एन्जाइटी लगायतका मानसिक स्वास्थ्य समस्या हुने व्यक्तिलाई अनिद्राको समस्या बढी हुन्छ ।’

तर सुत्ने समयमा धेरै तनाव लिने मानिसले आफूलाई समयमै परिवर्तन गर्न नसकेका निद्रा सम्बन्धी समस्या बढ्दै जान्छ ।

निद्रा सम्बन्धी समस्याहरु यी हुन्

–निद्रामा उठेर हिड्ने,

–निद्रामा बोल्ने,

–निद्रामा हातखुट्टा चलाउने,

–रातभरी छटपटी हुने

–निद्रा नलाग्ने ।

शरीरलाई स्वस्थ्य राख्नका लागि आरामको जरुरत पर्छ । शरीरले आराम पाउँन २४ घण्टामा ८ घण्टा सुत्नु आवश्यक मानिन्छ । रातको समयमा राम्रोसँग निदाउन सकिएन भने अनिद्राको कारण तपाईको भोलिको दिन पनि प्रभावित हुन्छ ।

राति राम्रोसँग ननिदाउँदा यस्ता समस्या हुन्छन् 

–झुम्म हुने,

–टाउको भारी हुने,

–चिडचिडापन बढ्ने,

–आलस्य बढ्ने

–सक्रिय भएर काम गर्न नसक्ने

रातको समयमा राम्रोसँग निदाउँन नसक्दा भोलिपल्ट यस्ता समस्या भोग्नेहरु पनि धेरै हुनुहुन्छ होला । निद्रा नलाग्ने समस्याका कारण मानिसहरु अल्कोहल सेवानमा फस्ने समेत गर्छन् । कतिपयले निद्रा नलाग्दा औषधि पसलमा गएर निद्राको औषधि समेत खाने गर्छने । तर स्वास्थ्य परीक्षण नगरी निदाउने औषधि प्रयोग गर्नु गलत भएको डा थापा बताउँछन् ।

उनी भन्छन्, ‘रोग पत्ता नलागी निद्रा लाग्ने औषधि खाँदा स्वास्थ्यमा झनै असर पर्न सक्छ । त्यसैले कुनैपनि समस्या हुँदा फार्मोसीको औषधि खाइहाल्नु भन्दा पनि विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ ।’

अनिद्राको समस्याबाट यसरी बच्नुस्

–दैनिक सुत्ने र उठ्ने समयको तालिका बनाउने

–नियमित एउटै समयमा सुत्ने र उठ्ने बानी गर्ने

–दिउँसो नसुत्ने

–निद्राको समस्या भएकाले बेलुकाको समयमा अल्कोहल, कफि नपिउने

–सुत्ने समयमा दिमागलाई असर पर्ने कुरा गर्नुहुँदैन

–निद्रा लागेपछि मात्रै बेडमा जाने बानी गर्ने

–सम्भव भएमा सुत्नुभन्दा आधिघण्टा अगाडी तातोपानीले नुहाउने

–बेडमा बसेर मोवाइल, ल्यापटप नचलाउने

–सुत्ने कोठामा डिम लाइट प्रयोग गर्ने

–नियमति योगा तथा शारीरिक व्यायाम गर्ने

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ४५ बजे

अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव राष्ट्रसङ्घद्वारा पारित 

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित

कपनमा पुलमुनि झुण्डिएको अवस्थामा एक पुरुष फेला

काठमाडौँ– काठमाडौँ कपनमा झुण्डिएको अवस्थामा एक पुरुष भेटिएका छन् ।

फिल्म ‘मुक्तिपुर’को छायाङ्कन सुरू

काठमाडौं – फिल्म ‘मुक्तिपुर’को टोली शुभ मुहूर्तसँगै छायाङ्कनमा निस्किएको छ

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा

शुक्ला–लालझाडी–जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको गणना