दिल्ली-काठमाडौं चल्ने बसमा यात्रुभन्दा तस्करीको सामान बढी ! « Khabarhub

दिल्ली-काठमाडौं चल्ने बसमा यात्रुभन्दा तस्करीको सामान बढी !


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दिल्ली–काठमाडौं चल्ने सवारी साधानमा तस्करी हुने गरेको सार्वजनिक भएका एकपछि अर्को घटनाले प्रष्ट्याएको छ । रक्तचन्दन, अवैध कपडा तस्करी हुने गरेको घटना यसअघि नै सार्वजनिक भइरहेका बेला पुनः अहिले तस्करीकै अर्को घटना सार्वजनिक भएको हो ।

गाडी नम्बर – ना ५ ख ४८४२
समय – चैत ३० गते साँझ
स्थान – स्वयम्भु, काठमाडौं 

दिल्ली–काठमाडौं चल्ने टुरिष्ट बसबाट सामान तस्करी भइरहेको छ भन्ने सूचना पाए लगत्तै महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोली खोजीमा जुट्यो । प्रहरीमा आएको सूचना बमोजिम प्रहरीले चमतीमा (स्वयम्भू  नजिकै) ना ५ ख ४८४२ नम्बरको टुरिष्ट बस फेला पार्‍यो । तर, प्रहरीले बस नियन्त्रणमा लिंदै गर्दा चालक भने फरार भए ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी बसन्तकुमार लामा भन्छन् – चालक फरार भएलगत्तै प्रहरीको एउटा टोलीले चालकलाई पिछा गर्‍यो भने अर्को टोली गाडी खानतलासीमा जुट्यो ।

एसएसपी लामाका अनुसार यही क्रममा प्रहरीलाई सामान र गाडी छाडेमा २१ लाख रुपैयाँ घुस दिने प्रलोभन सहितको फोन आयो । जब घुस दिने फोन आयो तब प्रहरीले माथिल्लो तहसम्म सल्लाह गरेर उसलाई कसरी पक्राउ गर्ने भन्ने योजना बनायो ।

प्रहरीलाई नै प्रलोभन पार्न खोज्दा

योजना अनुसार प्रहरीले फोन गर्ने व्यक्तिलाई भने- तपाईंले भने बमोजिम हुन्छ पैसा लिएर आउनुस् हामी सामानसहित गाडी छाडिदिन्छौं ।

एसएसपी लामा भन्छन् – प्रहरीले डाकेको केही बेरमा नै सर्लाहीका श्याम विश्वकर्मा (गाडी चालक) प्रहरी भएको ठाउँमा पुग्छन् ३ लाखको बिटो बोकेर । तर, प्रहरीले २१ लाख घटी हुँदै हुदैन भनेपछि उनले फोन गरेर आफ्ना साथीहरुलाइ डाक्छन् ।

केहीबेरमा सुर्खेतकी ३२ वर्षीया दीपा राना र नुवाकोटका भरत तामाङ पनि पुग्छन् र ५० हजार रुपैयाँ निकालेर दिन्छन् । यही क्रममा प्रहरीले तीनै जनालाई पक्राउ गर्छ ।

करिव ६० लाख बराबरको सामान बरामद्

एसएसपी लामाका अनुसार गाडीबाट प्रहरीले कुर्ता ६ सय ६० पिस, टप्स २ हजार २ सय ९५ पिस बरामद् गर्न सफल भएको छ । यसबाहेक पाइन्ट २ सय ३४ पिस, सर्ट ८ सय २९ पिस, टि–सर्ट १ सय ४१ पिस, समिज १ सय २२ पिस, लेदर ब्याग ६ पिस, लेहेंगा ७ सय पिस समेत बरामद् गरेको छ ।

उनीहरुको साथबाट ४ लाख ५० हजार रुपैयाँ, ५० लाख भन्दा बढीको अवैध तरिकाबाट भित्र्याइएको लत्ताकपडा, मोवाइल सेट लगायत बरामद् गरेको एसएसपी लामाले बताए ।

पक्राउ परेकाहरुलाई प्रहरीले साेमबार सार्वजनिक गरेको हाे ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ६ : ४० बजे

प्रधानमन्त्रीलक्षित निश्कलको व्यङ्ग्य- चिया पसलमा पुग्ने फुर्सद, किसानका समस्या सुन्ने फुर्सद छैन

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको