अतिक्रमणकारीबाट फिर्ता गराइयो उयदपुर सिमेन्टको जग्गा « Khabarhub

अतिक्रमणकारीबाट फिर्ता गराइयो उयदपुर सिमेन्टको जग्गा


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सरकारी स्वामित्वको उदयपुर सिमेन्टको जग्गा अतिक्रमणकारीको कब्जाबाट मुक्त गराइएको छ ।

स्थानीय प्रशासनले प्रहरी परिचालन गरी उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा रहेको उद्योगको जग्गा अतिक्रमणकारीबाट फिर्ता ल्याइएको हो ।

उदयपुर सिमेन्ट उद्योग आसपासको उद्योगको स्वामित्वमा रहेको जग्गा र सगरमाथा लोकमार्गअन्तर्गत आसपासका जग्गामा केही अतिक्रमणकारीले रातिको समयमा टहरा तथा घर निर्माणकार्य शुरु गरेपछि मङ्गलबार प्रहरीले हस्तक्षेप गरेर टहरा निर्माणका सामग्री कब्जा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

केही दिनदेखि निरन्तररूपमा उद्योगको स्वामित्वमा रहेको जग्गा कब्जा हुन थालेपछि झण्डै चार बिघा क्षेत्रफल जग्गामा टहरा धमाधम निर्माण गर्ने र राति–राति केही अतिक्रमणकारी आएर जग्गा कब्जा गर्न थालेको उद्योग प्रशासनले आफूहरुलाई सूचना गरेर जग्गा बचाउन सहयोगको लागि अनुरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेर जग्गाको सुरक्षा गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले बताए ।

उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले उद्योगको स्वामित्वमा रहेको गाईघाट–कद्माहा–सगरमाथा सडकमार्गको जलजले सडक आसपासका चार बिघा जग्गा केही अतिक्रमणकारीले अतिक्रमण गर्दै रातिको समयमा भौतिक संरचना निर्माण शुरु गरेको थाहा पाएपछि आफूले प्रहरी प्रशासन गुहारेको बताए ।

उद्योग आसपास जलजलेस्थित गाईघाट–कद्माहा–सगरमाथा सडकखण्डको दायाँबायाँ क्षेत्रमा सिमेन्ट उद्योगको बीसौँ बिघा जग्गा छ । उक्त जग्गामा अतिक्रमणकारीले पटक–पटक अतिक्रमण गर्ने प्रयास गर्दै आए पनि प्रहरी प्रशासनले हस्तक्षेप गरेर सुरक्षा गर्ने गरेका कारण कब्जा गर्न सफल भने हुन नसकेको सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ११ : ४१ बजे

सुनसरी– १ : हर्क साम्पाङले लिए अग्रता, रास्वपाकी गोमा पछ्याउँदै

सुनसरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम

जसपा छोड्दा ओलीले स्वागत गरेका राईले एमालेलाई दिलाए पहिलो जित

काठमाडौं – बाँके–२ मा नेकपा एमालेका उम्मेदवार इस्तियाक राई विजय

झापा–२ : रास्वपाकी उम्मेदवार रानामगर करिब १७ हजार मतले अगाडि

झापा– प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर २ मा

रामेछापमा नेकपाका उम्मेदवार श्रेष्ठ अगाडि

काठमाडौं– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको

स्याङ्जा-१ बाट सुन तस्करीका दोषी धनञ्जय रेग्मी रास्वपाबाट विजयी

स्याङ्जा – स्याङ्जा-१ बाट रास्वपाका धनञ्जय रेग्मी विजयी भएका छन