एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने चर्चा « Khabarhub

एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने चर्चा


१ जेष्ठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font


विश्व विजेता फ्रान्स तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् ।

उनले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै क्लब छाड्ने घोषणा गरेका हुन् । भिडियोमा उनले यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने योजना समर्थकलाई सुनाएका हुन् ।

५ वर्षका लागि क्लबसँग सम्झौता गरेका उनले शनिबार राति लेभान्टेसँगको खेल नै आफ्नो क्लबका लागि अन्तिम खेल भएको बताए ।

बीबीसीले ग्रिजम्यानलाई १ सय २० मिलियन युरोमा बार्सिलोनाले किनेको उल्लेख गरेको छ । ‘यी पाँच वर्ष निकै राम्रो रह्यो । यसका लागि एट्लेटिको परिवारलाई धन्यवाद,’ उनले भने, ‘मलाई सधै माया गरीरहने मेरा समर्थकलाई म यो जानकारी गराउन चाहान्छु कि म यो सिजनबाट क्लब छाड्ने तयारी गरिरहेको छु । जुन नयाँ काम सँगसँगै अर्को चुनौतिको सामना पनि गर्दैछु ।’

२०१४ मा रियल सोसियाडबाट एट्लेटिको आएका ग्रिजम्यानले क्लबमा रहँदा खेलेका २ सय ५६ खेलमा १ सय३३ गोल गरेका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार  ११ : ४८ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका