देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाइने « Khabarhub

देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाइने


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन संघीय सरकारले सहयोग गर्ने भएको छ ।

संघीय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको हो ।

संविधानमा उल्लेखित स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयनका लागि कार्ययोजना बनाउन सहयोग गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

बुधबार प्रतिनिसभाको विकास तथा प्रविधि समितिको वैठकमा बोल्दै खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले सबै स्थानीय तहमा खानेपानी र सरसफाइ कार्ययोजना बनाइने र त्यसका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताइन् ।

मन्त्री मगरका अनुसार खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति बजेट आवश्यक पर्छ भन्ने कुरा कार्ययोजनामा समेटिने छ । साथै स्थानीय तहमा खानेपानी योजना हुने, कार्यालय नहुने, कार्यालय हुने, योजना नहुने स्थितिलाई अन्त्य गरिने पनि मन्त्री मगरको भनाइ थियो ।

भूकम्पका कारण क्षति पुगेका ७ सय ७८ खानेपानी आयोजनामध्ये ६ सय ७० आयोजनाको पुनःनिर्माण सम्पन्न भइसकेको र बाँकी रहेका १ सय ९ आयोजनाको पनि आगामी वर्षभित्रै पुनःनिर्माण सकिने मन्त्री मगरले जानकारी दिइन् ।

मन्त्री मगरले हाल रोकिएको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा आगामी मन्त्रिपरिषदको बैठकमा आफूले विशेष प्रस्ताव पेश गर्ने पनि बतइन् ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  २ : २९ बजे

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ

बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

काठमाडौं– भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले

भोटेकोशीको भीषण बाढीबारे फरक-फरक अनुमान, भू-वैज्ञानिक दाहालको दाबी : चीनतर्फ हिमताल फुटेको हुन सक्छ

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको वास्तविक

मुग्लिन-नारायणघाट क्षेत्रमा बाढीको जोखिम, त्रिशूली किनार छाड्न प्रहरीको आग्रह 

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीको बहाव धादिङको गल्छी–मलेखु क्षेत्र

गोसाईकुण्डमा तीन वडाका ४० प्रतिशत मानिस सम्पर्कविहीन छन् : वडाध्यक्ष तामाङ

काठमाडौं– चीनको तिब्बत हुँदै रसुवागढी नाकाबाट भोटेकोसीमा आएको बाढीले नुवाकोटको त्रिशूली