जाजरकोटको ‘कम्युनिस्ट गाउँ’मा पहिलोपटक पुग्यो सरकारी टोली « Khabarhub

जाजरकोटको ‘कम्युनिस्ट गाउँ’मा पहिलोपटक पुग्यो सरकारी टोली


१ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


जुनिचाँदे– जाजरकोटको ‘कम्युनिस्ट गाउँ’ (कम्युन)का रुपमा चर्चित जुनिचाँदेमा पहिलोपटक सरकारी अधिकारी पुगेका छन् ।

जिल्लाको जुनिचाँदे गाउँपालिकामा पहिलोपटक प्रमुख जिल्ला अधिकारी समेत सहभागितामा बृद्धद शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा शिविर सञ्चालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलगायतको सरकारी टोलीले लहादह, जुनिचाँदेलगायत ठाउँमा गएर शिविर सञ्चालन गरेको हो ।

शिविरमा ६ सय ४२ मा नागरिकता लिएका छन् । उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन् ।

शिविरमा १ हजार ९ सय ३६ भेडा/बाख्रा, २ सय ३३ गाई/गोरु, १ सय ६१ भैंसी/राँगो, १० कुकुर र २५ घोडा–खच्चड गरी जम्मा २ हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ ।

त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो ।

पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए । टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै गाउँलेले प्रश्न गरेका थिए । दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ ।

प्रकाशित मिति : १ जेठ २०७६, बुधबार  ३ : ३८ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय