मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा « Khabarhub

मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी देश हुँदै अफ्रिका तथा अमेरिकासम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको नयाँ पत्रिकामा खबर छ । राम्रो कमाइ हुने आसमा तस्करको पन्जामा परेका थुप्रै नेपाली विदेशी जेलमा परेका छन् भने केहीको मृत्युसमेत भएको छ । तर, अवैध बाटो हुँदै विदेश पुर्‍याएर ठगीमा परेका, लुटिएका र मृत्यु भएकाको यकिन तथ्यांक सरकारसँग छैन ।

अमेरिका जाने सपनामा दाङका एक युवकले ७५ लाख रुपैयाँ मात्र गुमाएनन्, १७ महिना जेलसमेत बिताउनुपरेको छ। मानव तस्करको पछि लागेर विभिन्न देश हुँदै अमेरिका पुगेका ती युवा अमेरिकामै १७ महिना जेल परेका हुन्। उनलाई अमेरिका पठाउने गिरोहका सदस्य टोपबहादुर जिसीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। प्रहरीका अनुसार अमेरिका लैजान सुरुमै उनीसँग २० लाख रुपैयाँ लिइएको थियो। पछि बाटोमा धम्क्याएर थप पैसा असुली गरिएको हो। भारतबाट युएई हुँदै उनलाई ब्राजिल लगिएको थियो। त्यहाँबाट सडकमार्ग हुँदै उनलाई अमेरिका लगिएको हो।

ब्राजिलबाट पेरु, इक्वेडर, कोलम्बिया, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै उनलाई अमेरिका लगिएको थियो। मेक्सिकोबाट अमेरिका छिरेलगत्तै पक्राउ परेका उनी त्यहाँ १७ महिना जेल परे। जेलबाट छुटेपछि नेपाल ‘डिपोर्ट’ गरिएको थियो। नेपाल फर्किएपछि उनले मानव बेचबिखन अनुसन्धान ब्युरोमा जाहेरी दिएका थिए। उनलाई त्यसरी अमेरिका पठाउने गिरोहका सदस्य जिसीलाई ब्युरोले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको छ।

जिसीले हाल मृत्यु भइसकेका एक प्रदेश सभा सदस्यको निर्देशनमा पैसा लिएको बयान दिएका छन्। गिरोहका अन्य सदस्यहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। सो समूहले त्यसरी महिनौँसम्म लगाएर विभिन्न देश हुँदै युवाहरूलाई अमेरिका पठाउने गरेको थियो। केही वर्षयता अमेरिकी सीमामा कडाइ गरेपछि त्यहाँ धेरैजना पक्राउ परेका थिए।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ६ : ५९ बजे

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह