फुटबलमा सर्वाधिक मूल्य भएका खेलाडी को-को ? « Khabarhub

फुटबलमा सर्वाधिक मूल्य भएका खेलाडी को-को ?


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खेलमा क्रेज भएका हामी सबैका एक एक आइडियल खेलाडी हुन्छन् । उनीहरुको जीवनशैली र दैनिकी सबैको खोजीको विषय पनि बन्छ । यस्तो खोजीको विषय हो उनीहरुले कति कमाउँछन् । र के के मा खर्च गर्छन् । फुटबलसम्बन्धी अध्ययन तथा सर्वेक्षण गर्ने संस्था ‘सिआइइएस फुटबल अब्जरभेटरी’ ले अहिले चर्चामा रहेका खेलाडीको मूल्य कति भनेर सर्वेक्षण गरेको छ ।

यो संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार कसको ट्रान्सफर भ्यालु कति होला ? समकालीन फुटबलका सर्वाधिक मूल्यवान् खेलाडीको सूची सार्वजनिक गर्दा फ्रेन्च क्लब पिएसजीका युवा फरवार्ड केलियन एमाबाप्पेको नाम शीर्ष स्थानमा छ । उनी सर्वाधिक ‘ट्रान्सफर भ्यालु’भएका खेलाडी बनेका छन् । २० वर्षीय एमबाप्पे सर्वाधिक मार्केट भ्यालु भएका खेलाडीको सूचीको पहिलो नम्बरमा छन् ।

सन् २०१८ मा फ्रानसलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तथा भर्खरै सकिएको सिजनमा लिग वानबाट सिजनका उत्कृष्ट खेलाडी बनेका एमबाप्पेको कूल ट्रान्सफर भ्यालु २५२ मिलियन युरो छ ।

लिस्टको दोस्रोस्थानमा इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद सालाह छन् । उनको मार्केट भ्यालु २१९ मिलियन युरो छ भने म्यानचेस्टर सिटीका रहिम स्टर्लिङको २०८ मिलियन छ ।

सन् २०१८ मा ‘फर्ब्स’ म्यागजिनको सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बार्सिलोनाका लिओनल मेस्सी भने यो सूचीमा चौथो स्थानमा छन् । उनको भ्यालु १६७ मिलियन युरो छ ।

पाँचौं नम्बरमा जर्मन क्बल बोरुसिया डर्टमुन्डका जोर्डन सान्चो छन् । उनको भ्यालु १५९ मिलियन युरो छ । त्यसैगरी, ब्राजिलका नेइमारको भ्यालु १२४ मिलियन छ । उनी सूचीको १७औं स्थानमा छन् ।

यता, इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको मार्केट भ्यालु ११८ मिलियन छ । उनी २०औं स्थानमा मात्रै छन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ८ : ५० बजे

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने

चीन सरकारको चासोपछि अन्तर्राष्ट्रिय तिब्बत अध्ययन सम्मेलन रद्द

काठमाडौं – भदौ पहिलो साताका लागि काठमाडौंमा तय गरिएको इन्टरनेसनल