जर्मनीको कम्युनिस्ट पार्टीले विप्लवको प्रतिवन्ध फुकाउन भन्दै ओलीलाई लेख्यो पत्र « Khabarhub

जर्मनीको कम्युनिस्ट पार्टीले विप्लवको प्रतिवन्ध फुकाउन भन्दै ओलीलाई लेख्यो पत्र


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रतिबन्ध फुकाउन आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मनीको कम्युनिस्ट पार्टीले पत्र लेखेको छ ।

सरकारले हिंसात्मक गतिविधि बढाएको भन्दै प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई उच्च निगरानीमा राखिरहेका बेला जर्मनीको मार्क्सवादी-लेनिनवादी पार्टी (एमएलडीपी) ले सरकारले लगाएको प्रतिबन्धलाई विरोध गरेको हो ।

एमएलडीपीले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेको पत्रमा विप्लव नेकपामाथि लगाएको प्रतिवन्ध तत्काल फुकुवा गर्न माग पनि गरेको छ।

एमएलडीपीले प्रधानमन्त्रीलाई ल‍ेखेको पत्रमा भनिएको छ, ‘जर्मनीमा हामीले जर्मन कम्युनिस्ट पार्टी (केपीडी) माथि लगाइएको प्रतिवन्धबाट महत्वपूर्ण अनुभव लिएका छौँ। सन् १९५६मा प्रतिक्रियावादी सरकारबाट हामीमाथि प्रतिवन्ध लगाइएको थियो। यतिबेला नेपालको वामपन्थी सरकारले प्रतिवन्ध लगाएको छ।’

निश्चित रूपमा, नेपालका कम्युनिस्ट पार्टी र वामपन्थी शक्तिहरूका बीचमा धेरै नै सैद्धान्तिक, वैचारिक—राजनीतिक भिन्नता रहेको भन्दै त्यसलाई मिलाएर लैजानुपर्ने उल्लेख गरिएको छ । पत्रमा भनिएको छ, ‘क्रान्तिकारी शक्तिहरूमाथि प्रतिबन्ध लगाउँदा आवश्यकप्रति साम्राज्यवादी सङ्घर्ष र समाजवादी विश्वकालागि गरिएको सङ्घर्षलाई कमजोर बनाउँछ ।’

एमएलडीपीले लेखेको पत्रमा आफूहरुले प्रतिबन्धको अनुभव गरेको र त्यसको असर नराम्रो परेकाले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध राम्रो नभएको भन्दै यो विषयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीको युरोप भ्रमणका बेला जर्मनको कम्युनिस्ट पार्टीले लेखेको पत्रला महत्वका साथ हेरिएको छ ।

पत्र यस्तो छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  १० : ५० बजे

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

न्युजिल्यान्ड पठाइदिने भन्दै रु १० लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाइदिने भन्दै रु

तनहुँमा एकैदिन नौ फरार प्रतिवादी पक्राउ

तनहुँ – जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको

अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले

काठमाडौं- नेकपा (एमाले)ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले

भारतीय नागरिकलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही – नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका