हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित « Khabarhub

हङ्कङको विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकालका लागि स्थगित


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ–व्यापक विरोध  प्रदर्शन भएपछि हङ्कङले विवादास्पद सुपुर्दगी विधेयक अनिश्चितकाल सम्मका लागि स्थागित गरेको छ ।

हङ्कङकी प्रमुख कार्यकारी क्यारी लामले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त विधेयक स्थगित गरेको घोषणा गरेकी हुन् । सम्बोधनका क्रममा उनले उक्त विधेयक कहिलेसम्मका लागि स्थगित गरिएको हो भन्नेबारे कुनै मिति भने तोकिनन् ।

नयाँ विवादास्पद सुपुर्दगी कानूनले हङ्कङका नागरिकले अभ्यास गर्दै आएको स्वतन्त्रता तथा अधिकार कुण्ठित हुने भन्दै यो साता दशौं लाखले प्रर्दशन गरेका थिए ।

हङ्कङका नागरिकविरुद्ध चीनले यही सुपुर्दगी कानूनका आधारमा पक्राउ गर्न सक्ने भन्दै विपक्षीले प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि हङ्कङ सरकारलाई यो विधेयक फिर्ता लिन चर्को दबाब परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हाल प्रमुख कार्यकारी क्यारी लामलाई पदबाट राजीनामा दिन दबाब रहेको जनाइएको छ । यद्यपि पत्रकार सम्मेलनमा भने उनले पदबाट राजीनामा दिन अस्वीकार गरेकी छिन् ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : २२ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले