सञ्चार जगतले पनि राज्यको दायित्व निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ « Khabarhub

सञ्चार जगतले पनि राज्यको दायित्व निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा शनिवार पोखरामा शुभारम्भ गर्दै उनले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकुल नभएको र लोकतान्त्रिक आन्दोलनको म्याण्डेट विपरीत रहेकाले महासङ्घ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताए ।

राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिइन् । प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट गरे ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : ४० बजे

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग