सञ्चार जगतले पनि राज्यको दायित्व निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ « Khabarhub

सञ्चार जगतले पनि राज्यको दायित्व निर्वाह गर्नुपर्छः मन्त्री गुरुङ


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा शनिवार पोखरामा शुभारम्भ गर्दै उनले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकुल नभएको र लोकतान्त्रिक आन्दोलनको म्याण्डेट विपरीत रहेकाले महासङ्घ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताए ।

राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिइन् । प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट गरे ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : ४० बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट