सुकेधारा बम विस्फोटका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो « Khabarhub

सुकेधारा बम विस्फोटका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा जेठ १२ गते भएको श्रृंखलावद्ध बम विस्फोटमा परि घाइते भइ उपचाररत एक जनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परि घाइते भएका नेकपा विप्लव समूहका कार्यकर्ता रामकुमार श्रेष्ठको निधन भएको हो ।  जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको थियो ।

सुकेधारा विस्फोटमा परि घाइते भएका रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । ओममा उपचाररत श्रेष्ठको निधन भएको हो । यससँगै राजधानीका दुई विस्फोटमा परि निधन हुनेको संख्या ५ पुगेका छन् ।

सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जेठ १३ गते विप्लव समूहले आयोजना गरेको नेपालबन्दको अघिल्लो दिन राजधानीमा बमको टाइम सेट गर्ने बेलामा विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परि प्रज्वल शाही, निरन्तर मल्ला, दीपक विक र गोकुल रानामगरको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : ५५ बजे

सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

काठमाडौं- राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले वालेन्द्र शाह नेतृत्वको

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार