सुकेधारा बम विस्फोटका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो « Khabarhub

सुकेधारा बम विस्फोटका घाइतेको उपचारको क्रममा मृत्यु, मृतकको संख्या ५ पुग्यो


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा जेठ १२ गते भएको श्रृंखलावद्ध बम विस्फोटमा परि घाइते भइ उपचाररत एक जनाको मृत्यु भएको छ ।

बम विस्फोटमा परि घाइते भएका नेकपा विप्लव समूहका कार्यकर्ता रामकुमार श्रेष्ठको निधन भएको हो ।  जेठ १२ गते काठमाडौंको घट्टेकुलो र सुकेधारमा बम विस्फोट भएको थियो ।

सुकेधारा विस्फोटमा परि घाइते भएका रामेछाप मन्थली ४ का श्रेष्ठ गम्भीर घाइते भएपछि उपचारका लागि ओम अस्पताल लगिएको थियो । ओममा उपचाररत श्रेष्ठको निधन भएको हो । यससँगै राजधानीका दुई विस्फोटमा परि निधन हुनेको संख्या ५ पुगेका छन् ।

सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

जेठ १३ गते विप्लव समूहले आयोजना गरेको नेपालबन्दको अघिल्लो दिन राजधानीमा बमको टाइम सेट गर्ने बेलामा विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परि प्रज्वल शाही, निरन्तर मल्ला, दीपक विक र गोकुल रानामगरको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ३ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी