रुसमा ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको फेला « Khabarhub

रुसमा ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको फेला


३२ जेठ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको उत्तरी ध्रुवीय क्षेत्रमा झण्डै ३२ हजार बर्ष अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी वैज्ञानिकहरुले दाबी गरेका छन् ।

रौँले ढाकिएको अवस्थामा टिरेख्ट्याख नदीको किनारमा ब्वाँसोको टाउकोको अवषेश भेटिएको हो । वैज्ञानिकहरुले थोरै गिदी, नरम मासुको अंश र बलियो दाँत भेटिएको र त्यसको लम्बाई ४१.५ सेन्टीमिटर रहेको पनि जानकारी दिएका छन् ।

आजभोलि पनि उक्त क्षेत्रमा ब्वाँसोको वासस्थान रहेको र तिनीहरूको टाउकोको नाप ६६ सेन्टिमिटर लम्बाइ र ८६ सेन्टिमिटरसम्म चौडाई हुने गरेको उनीहरुले बताएका छन् ।

स्थानीय वैज्ञानिकहरुले त्यो टाउकोलाई अध्ययनका लागि टोकियोमा रहेको औषधी सम्वन्धी अध्ययन गर्ने जिकेइ विश्वविद्यालयमा पठाएका बताइएको छ ।

“यस्तो हामीले पहिलो पटक देखेका छौँ,” याकुटिया विज्ञान प्रतिष्ठानका अल्बर्ट प्रोटोपोपोभले जनाए ।

मरेको त्यो ब्वाँसो दुईदेखि चार बर्षसम्मको उमेरमा मरेको हुनसक्ने जनाइएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०७६, शनिबार  ५ : १७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा