वनबाट निउरो ल्याएर खाँदा दाजु बहिनीको ज्यान गयो, आमा गम्भीर « Khabarhub

वनबाट निउरो ल्याएर खाँदा दाजु बहिनीको ज्यान गयो, आमा गम्भीर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम — रामारोशन गाँउपालिकामा ज‌ंगली बनस्पति (निउरो) को तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना एकै परिवारका दाजु र बहिनी रहेका छन् । तरकारी खाँदा आमा गम्भीर बिरामी परेकी छिन् ।

निउरो जस्तै देखिने वनस्पति खाएका रामारोशन गाउँपालिका-५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र ५ वर्षीया बहिनी मनिषाको मृत्यु भएको हो ।

आमा नरपता बोहोराको अवस्था गम्भीर छ । उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेको कोहलपुर लगिएकोछ। २७ गते निउरो खाएका उनीहरुले २९ गते साँझसम्म पानी समेत खाएनन्।

केही पनि नखाँदा जलवियोजन भई मृगौलामा असर परेको देखिन्छ। समयमै उपचार नगर्दा यस्तो अवस्था आएको उपचारमा संलग्न बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने ।

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने , वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ३९ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ