वनबाट निउरो ल्याएर खाँदा दाजु बहिनीको ज्यान गयो, आमा गम्भीर « Khabarhub

वनबाट निउरो ल्याएर खाँदा दाजु बहिनीको ज्यान गयो, आमा गम्भीर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम — रामारोशन गाँउपालिकामा ज‌ंगली बनस्पति (निउरो) को तरकारी खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने दुई जना एकै परिवारका दाजु र बहिनी रहेका छन् । तरकारी खाँदा आमा गम्भीर बिरामी परेकी छिन् ।

निउरो जस्तै देखिने वनस्पति खाएका रामारोशन गाउँपालिका-५ तल्लोपाटनका ११ वर्षीय रमेश बोहरा र ५ वर्षीया बहिनी मनिषाको मृत्यु भएको हो ।

आमा नरपता बोहोराको अवस्था गम्भीर छ । उनलाई बयालपाटा अस्पताल अछामबाट थप उपचारका लागि बाँकेको कोहलपुर लगिएकोछ। २७ गते निउरो खाएका उनीहरुले २९ गते साँझसम्म पानी समेत खाएनन्।

केही पनि नखाँदा जलवियोजन भई मृगौलामा असर परेको देखिन्छ। समयमै उपचार नगर्दा यस्तो अवस्था आएको उपचारमा संलग्न बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने ।

स्थानीयका अनुसार घरमा तीनजना मात्रै थिए। उनीहरुलाई पेट दुख्ने, वाकवाकी लाग्ने , वान्ता हुने, रिंगटा लाग्ने र ओठ–मुख सुक्ने समस्या बल्झिएपछि मात्रै आफन्तलाई खबर गरेका थिए।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ११ : ३९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना