सिँचाइ कार्यालयका इन्जिनियर १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ | Khabarhub Khabarhub

सिँचाइ कार्यालयका इन्जिनियर १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका सिनियर डिभिजनल इन्जिनियर मोहन बाबु यादव घुससहित पक्राउ परेका छन् ।

भोजपुरको षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको १ लाख ८० हजार रुपैयाँसहित इन्जिनियर यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले इन्जिनियर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनलाई भोजपुर नगरपालिका–७ मा रहेको फुपूभदैनी होटलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ । पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ३ : १० बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।