जापानी सामान बहिष्कार गर्न दक्षिण कोरियाली व्यवसायीको आह्वान « Khabarhub

जापानी सामान बहिष्कार गर्न दक्षिण कोरियाली व्यवसायीको आह्वान


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल- दक्षिण कोरियालाई अत्याधुनिक प्राविधिक उपकरण निर्यात गर्न कडाई गर्ने जापानको कदमको विरोधमा दक्षिण कोरियाली साना व्यवसायीहरुले जापानी सामानको उपभोग नगर्न आह्वान गरेका छन् ।

जापानी कदमविरुद्ध सोमबार प्रदर्शन गर्दै दक्षिण कोरियाली साना व्यवसायी संघका प्रतिनिधीहरुले मुलुकका व्यवसायीहरुलाई जापानी सामान वहिष्कार गर्न आह्वान गरेका हुन् । उनीहरुले जापानले आफ्नो कदम फिर्ता लिएर माफी नमागेसम्म जापानी सामान बहिष्कार गर्न आह्वान गरे ।

जापानले अघिल्लो महिनाबाट दक्षिण कोरियालाई लक्षित गरी प्राविधिक उपकरणमा आवश्यक पर्ने फोटोरेजिस्ट्स र अन्य उपकरणको निर्यातमा कडाई गरेको थियो । यसबाट आयातमा आधारित दक्षिण कोरियाली अर्थतन्त्रमा नराम्रो असर पर्ने भन्दै दक्षिण कोरियामा तीव्र आक्रोश बढेको छ ।

लाखौं दक्षिण कोरियालीले जापानी सामान उपभोग नगर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षार गरिसकेका छन् । त्यस्तै, अर्को वर्ष जापानको राजधानी टोकियोमा हुने ओलम्पिक दक्षिण कोरियाले बहिष्कार गर्नुपर्ने आवाज पनि उठ्न थालेको बताइएको छ ।

दक्षिण कोरियाले जापानी कदमबारे विश्व व्यापार संगठनमा औपचारिक उजुरी दर्ता गरेको र आगामी साता स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुन लागेको संगठनको सम्मेलनमा यसबारे छलफल हुने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ४ : २५ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा