हङकङ प्रमुख कार्यकारी क्यारी लामद्वारा प्रदर्शनकारीलाई ‘दंगाकारी’को संज्ञा | Khabarhub Khabarhub

हङकङ प्रमुख कार्यकारी क्यारी लामद्वारा प्रदर्शनकारीलाई ‘दंगाकारी’को संज्ञा


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङकङ– हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सुपुर्दगी विधेयकको विरोधमा प्रदर्शनरत प्रदर्शनकारीलाई ‘दंगाकारी’ को संज्ञा दिन सकिने टिप्पणी गरेकी छिन् ।

प्रदर्शनकारीसँगको झडपका क्रममा घाइते भएका प्रहरीलाई भेट्न अस्पताल पुगेकी उनले आफू प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीको कार्यको समर्थनमा रहेको समेत जनाएकी छिन् । उनले प्रदर्शनकारीलाई कानूनको कठघरामा ल्याउने प्रहरीको अभियानमा आफ्नो साथ रहेको टिप्पणी गरेकी छिन् ।

विवदास्पद सुपुर्दगी विधेयकको विरोधमा पछिल्ला केही दिनयता हङकङमा प्रदर्शन चर्किंदै गएको छ । आइतबारमात्र प्रदर्शनकारीको सानो समूह र प्रहरीबीच झडप भएको थियो ।

प्रमुख कार्यकारी लामले उक्त विधेयक अनिश्चितकालसम्मका लागि स्थगित गरेको घोषणा गरेपनि विपक्षीले उक्त विधेयक पूर्ण रुपमा फिर्ता हुनुपर्ने र प्रमुख कार्यकारी लामले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् ।

उक्त विधेयक पारित भए कानूनका रुपमा लागू भएमा हङकङमा बसोबास गरिरहेका मानिसलाई चीनतर्फ सुपुर्दगी हुनसक्ने र यसले हङकङमा विधिको शासन समाप्त हुने विपक्षीको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : १५ बजे

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

धनुषामा पुरुषको शव फेला 

काठमाडौं– धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ