बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको अनियमितता, ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौंको अनियमितता, ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दाससहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

करोडौं रकम अनियमितता गरेको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारी र सप्लायर्ससहित ८ आठ जना विरुद्ध आज (सोमबार) विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेका हो ।

प्रतिष्ठानमा रहँदा दास सहित ८ जना कर्मचारीले व्यापक अनियमितता गरेको अख्तियारको ठहर छ । उपकुलपति दास र अन्य तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भन्दै अख्तियारमा उजुरी परेको थियो ।

प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (वीपी दास), अस्पतालका तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले प्रतिष्ठानमा वस्तु तथा सेवा खरिदमा भष्ट्राचार गरेका अख्तियारको दाबी छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा सम्झौता गरी भुक्तानी समेत दिई तत्कालीन उपकुलपति बलभद्र प्रसाद दासले ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा बढी रकम तिरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यस्तै, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले ३, करोड ७५लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालीन रजिष्टार नन्दकुमार थापाले १करोड ९६लाख ९ हजार ४ सय ५ रुपैयाँ बढीमा खरिद गरेको अख्तियारले जनाएको छ ।

यस्तै, अर्का रजिष्टार तुलबहादुर श्रेष्ठले ५६ लाख, ७७ हजार ४ सय ५ रुपैयाँ अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गरेर प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्र प्रसाद दासविरुद्ध ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ ७१ पैसा बिगो दाबी गरेको छ । यस्तै, तत्कालीन निर्देशक अरविन्द कुमार सिन्हाविरुद्ध ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ ७१ पैसा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापाविरद्ध १ करोड ९६ लाख ९ हजार ८ सय ८० र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार ४ सय ५ रुपैयाँ बिगो मागदाबी गरेको छ ।

अस्पतालका लेखा प्रमुख दिनेश राज दाहालविरुद्ध २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ ७१ पैसा तथा डेपुटी मेनेजर अमित श्रीवास्तवविरुद्ध १ करोड ७४ लाख १६ हजार २ सय रुपैयाँ बिगो दाबी गरिएको ५ ।

यस्तै, उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रालि र वायोमेड इन्टरनेसनल प्रालिका प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले  चेतन अग्रवालविरुद्ध १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैयाँ र उमेश अग्रवालविरुद्ध ६० लाख ३६ हजार ३ सय ४३ रुपैयाँ बिगो दाबी गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ५ : ४१ बजे

विवरण नबुझाउने चितवनका दुई हजार बढी करदाता निलम्बित

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता भएका मूल्य अभिवृद्धि करदातामध्ये

ऐतिहासिक पनौती हिलेजात्रा मनाइँदै

काभ्रे– काभ्रेको पनौतीमा हिलेजात्रा (ज्याःपुन्ही) मनाइँदैछ । जात्रा सोमबारदेखि सुरु

लमजुङको पसगाउँका प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडिँदै

गण्डकी– सिस्नोको तरकारी, कोदोको सेल, निगुरो, गिठ्ठा आदिका परिकारका कारण

बाँकेका भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा  

बाँके– भूमि समस्या समाधान आयोगले बाँकेमा भूमिहीनहरूलाई धमाधम जग्गाधनी प्रमाणपुर्जा

मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा शनिबार सम्पन्न राष्ट्रियस्तरको खुला