काठमाडौं– आरक्षण बचाऔं आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै विभन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
आयोगको विज्ञापन असंवैधानिक भएको भन्दै महासंघले मसाल जुलुस, विशाल जनप्रदर्शन र नेपाल बन्द समेत गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत असार ३१ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गरिनेछ भने साउन २ र १० गते नेपाल बन्द गर्ने महासंघले जनाएको छ ।
त्यसैगरी आन्दोलनकै कार्यक्रम अन्तर्गत सोमबार विभिन्न ठाउँबाट सिटी जुलुस निकालिने जनाएको छ । त्यसैगरी भोलि मंगलबार माइतीघर मण्डलासहित देशैभर जुलुससहित विशाल जनप्रदर्शन गरिने महासंघले जनाएको छ ।
प्रतिक्रिया