बाढी प्रभावित क्षेत्रमा सर्पदंशको त्रास « Khabarhub

बाढी प्रभावित क्षेत्रमा सर्पदंशको त्रास


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सप्तरीको बाढी प्रभावित क्षेत्रमा सर्पदंशको घटना बढेको छ । सोमबार सर्पले डसेका चार तथा बिच्छीले टोकेका एक जना अस्पताल भर्ना भएका छन् ।

सर्पले डसेर सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का रामकिसुन सदा, मन्सापुरकी सिमादेवी मण्डल, महादेवा गाउँपालिका–१ बल्थीकी मजिदन खातुन र राजविराज–१२ का रामकुमार यादव तथा बिच्छीले टोकेर रुपनी–२ की चन्द्रकला चौधरी गजेन्द्रनारायणसिंह अस्पताल भर्ना भएका हुन् ।

अस्पतालका अहब सन्तोष मेहताका अनुसार पाँच दिनयता सर्पदंशका २८ बिरामी उपचारका लागि आएका छन् । अन्य अस्पताल तथा निजी क्लिनिकमासमेत सर्पदंशका बिरामी उपचार गराउँदै आएका छन् । “सर्पदंशको घटना ह्वात्तै बढेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले भने ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : २८ बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ