बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ८२ करोडको क्षति « Khabarhub

बाढी पहिरोका कारण प्रदेश १ मा मात्रै ८२ करोडको क्षति


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारी वर्षापछि आएको बाढी र पहिरोको कारण प्रदेश नम्बर १ का विभिन्न जिल्लामा झण्डै ८२ करोड रुपैयाँ बराबरको खाद्यान्न तथा पशुजन्य वस्तुको क्षति भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ का सोलुखुम्बु र इलामबाहेक अन्य १२ वटा जिल्लामा पशुपंक्षी तथा कृषिजन्य बस्तुमा ८२ करोड रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयले जनाएको हो । कुखुरा, बंगुर, गाई लगायतका पशुपंक्षी क्षति हुँदा २४ लाख ८० हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोका कारण धान, मकै, अलैंचीलगायतका खाद्यान्नमा ८१ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

मन्त्रालयका अनुसार अन्य प्रदेशहरुमा भएको क्षतिको विवरण संकलन भइरहेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण कृषिजन्य बस्तुमा कुनै पनि क्षति भएको छैन ।

सबै प्रदेशमा भएको क्षतिको विवरण आएपछि राहतको काम शुरु गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : १० बजे

तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ

काठमाडौं– प्रहरीले उदयपुर र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा 

काठमाडौं– बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा पुगेको छ

गरिमा चौधरी हत्या प्रकरणमा बयानको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

बारा – गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा संलग्न किशोरको बयानको भिडियो

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ