मध्यपहाडी लोकमार्गको पहिरो हटाउन थालियो « Khabarhub

मध्यपहाडी लोकमार्गको पहिरो हटाउन थालियो


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गको खुर्काेट–घुर्मीखण्डमा झरेको पहिरो हटाउने कार्य तीव्ररुपमा भइरहेको छ ।

६० किलोमिटर क्षेत्रको सडकखण्डमा छ वटा डोजरको सहायताले पहिरो पन्छाउने काम भइरहेको मध्यपहाडी लोकमार्गका सुपरभाइजर एकराज पौडेलले जानकारी दिए । खुर्काेट– घुर्मीखण्डको हैवार खण्डमा करीब सय मिटर क्षेत्रमा पहिरो गएको छ । कालीआँप, कुखुरेटार, वितिजोरलगायतका क्षेत्रमा गएको पहिरोले लोकमार्गमा निकै ठूलो क्षति पुर्‍याएको छ ।

पहिरो पन्छाएर त्यस क्षेत्रमा छिटो भन्दा छिटो सडक सुचारु गर्ने कार्य तदारुकताका साथ भइरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । सो क्षेत्रको पहिरो हटाउन स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबाट सामूहिक प्रयास र पहल भइरहेको छ ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सिन्धुली, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलगायतका जिल्लाका सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : २३ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन