फुटपाथको समस्या, सडकमा गाडी गुड्ने कि मान्छे हिँड्ने ? « Khabarhub

फुटपाथको समस्या, सडकमा गाडी गुड्ने कि मान्छे हिँड्ने ?


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाका अधिकांश सडकमा फुटपाथ छैनन् । भएका पनि साँघुरा छन् । उपत्यकामा उस्तै सवारी चाप, त्यही सडकमै हिँड्नुपर्ने बाध्यता पैदलयात्रीको ।

गौशलाकी मेनुका थापा बिहानी पख शारीरिक व्यायामका लागि निस्किन्छिन् । उनी गौशलादेखि जयबागेश्वरी, मित्रपार्क, चावहिल हुँदै सुकेधारासम्म जान्छिन् र सोहीबाटो फर्किन्छिन् । फुटपाथको व्यवस्था नहुँदा उनी सडकमै दौडिन्छिन् ।

मेनुका त एक प्रतिनिधिपात्र मात्र हुन् । उनी जस्ता हजारौंं‍ सर्वसाधरणले यस्तै सास्ती खेप्नुपरेको छ । राजधानीका धेरै स्थानमा फुटपाथका समस्या छन् । कहीँ साँघरो फुटपाथ त काँही फुटपाथ नै छैन ।

जयवागेश्वरी क्षेत्रका एक पैदलयात्रुले भने– ‘दैनिक आवजावत गर्नेहरु एकअर्कालाई धकेल्दै हिड्नुपर्ने अवस्थाछ । यस्तो अवस्थामा दुर्घटनाको जोखिमपनिउत्तिकै हुन्छ । सडकमा हिड्दा सवारी साधनले हान्दिने हो कि भन्ने त्रासपनि हुन्छ । छेउबाट सवारी साधन हुँइकिएर आउँछन्, बाटो हिड्दा डराउनुपर्ने अवस्था छ ।’

सामान्यतया फुटपाथ १ दशमलव ८ मिटरको हुनुपर्ने मापदण्ड छ । यद्यपि राजधानीका सबै स्थानका फुटपाथ हेर्ने हो भने मापदण्ड अनुसार बन्न सकेका छैनन् ।

फुटपाथ मापदण्ड अनुसार बन्न नसक्नुमा ठाउँकै अभाव रहेको सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर दीप बराहीले बताए । उनका अनुसार ठाउँ अभाव तथा जग्गाको कमीका कारण पछिल्ला समय १.५ मिटरसम्मको फुटपाथ बनेका छन् भने कहीँकतै त्यो भन्दा कममा ।

‘फुटपाथविनाको सडक बनाउने नीति होइन, फुटपाथ राखेरै बनाउनुपर्छ अझ सहरी क्षेत्रमा यो आवश्यकपर्छ नै । तर पनि जग्गा अभावको कारण बाटो साँघुरो हुँदा राख्न नमिलेको अवस्था छ । सकेसम्म ठाउँ पाएसम्म फुटपाथ राख्ने गरेका छौँ,’ बराहीले भने ।

उनका अनुसार राज्यले विगतमा फुटपाथलाई प्राथमिकतामा राखेको थिएन । जसकारण फुटपाथ नराखी देशैभरी सडकमात्र विस्तार गरिए । सिंगल लेनमा नै पुलनिर्माण भए । अहिले सवारी चाप बढेसँगै थप समस्या सिर्जना भएको हो ।

वर्तमान बाध्यतालाई मध्यनजर गर्दै विभागले अहिले पुल दुई लेनमै बनाउने र सडकको हकमा जहाँ–जहाँ अनिवार्य छ त्यहाँ फुटपाथ बनाउने नीति ल्याएको विभागका शाखा अधिकृत अर्जुन सुवालले बताए ।

उनले भने– ‘साघुरा ठाउँमा फुटपाथ बनाउनतत्काल समस्या छ, सडकका छेउका घर भत्काउने प्रक्रियाकालागिपनि समय लाग्न सक्छ । मुआब्जाको कुरा आउँछ ।’

‘राजधानीमा सबैभन्दा ठूलो फुटपाथ बबरमल क्षेत्रमा रहेको छ भने भर्खरै बनेको कोटेश्वर कलंकी सडकखण्डमा पनि फुटपाथ फराकिलै छ,’ सुवाल भन्छन्,  ‘फुटपाथ नभएका क्षेत्रपनि धेरै छन्, विभागले त्यसमा ध्यान दिएको छ ।’

फुटपाथसँगै उपत्यकाका सडकमा रेलिङको पनि अभाव रहेको उनले बताए । सडकका छेउमा रेलिङ राख्ने तयारी पनि गरेको विभागले गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ९ : ४१ बजे

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै