श्रम मन्त्रालयले सार्वजनिक गर्‍यो एक वर्षको प्रगति (पूर्णपाठ) « Khabarhub

श्रम मन्त्रालयले सार्वजनिक गर्‍यो एक वर्षको प्रगति (पूर्णपाठ)


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणमा प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा योजना, न्युनतम पारिश्रमिक निर्धारण कार्यान्वयन, वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदेशस्तरबाट प्रवाह, वैदेशिक रोजगार सूचना प्रणालीलाई राखेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत मन्त्रालयले बनाएको मापदण्डमा सूचिकृत रोजगारदाताले कर्मचारी तथा श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको तर्फबाट २० प्रतिशत थप गरी ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।

त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण कार्यान्वयन अन्तर्गत सरकारले देशभर लागू हुने गरी न्युनमत पारिश्रमिकको आधारमा दैनिक ज्याला ५ सय १७ रुपैयाँ र प्रतिघण्टा ज्याला ७० रुपैयाँ तोकिएको छ ।

फागुन १ गतेदेखि लागू भएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत न्यूनतम १०० दिन बराबरको रोजगारीको व्यवस्था सरकारले गर्ने कार्यक्रम तय भएको छ । रोजगारी उपलब्ध हुन नसके निर्वाह भत्ता वितरण गर्ने सरकारको तयारी छ ।

मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणको पूर्णपाठ हेर्नुहोस्

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : ४५ बजे

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज चैत १६, २०७९, अंग्रेजी क्यालेन्डर अनुसार मार्च ३०, २०२३।

सरकार व्यक्तिगत स्वार्थमा केन्द्रित भयो : ओली

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले

उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावली स्वीकृत

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका

मेची राजमार्गमा सधैँ जमिन भासिने र पहिरो खस्ने समस्या

पाँचथर – जमिन भासिने र पहिरो झरिरहने समस्याले पूर्वी नेपालका