जनैपूर्णिमामा देखिएको उत्साह (फोटोफिचर) « Khabarhub

जनैपूर्णिमामा देखिएको उत्साह (फोटोफिचर)


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन शुक्ल पूर्णिमाका दिन आम तागाधारीले जनै फेरेर डोरो बाँध्ने र चूडाकर्म नगरेका सनातन हिन्दू धर्मावलम्बीले नाडीमा डोरो (रक्षाबन्धन) ग्रहण गर्दै छन् । आ–आफ्ना यजमानसमक्ष जनै र डोरो लगाइदिन बुधबार ब्राह्मणहरू कपाल मुण्डनसहित एकछाके रहेर जनै मन्त्रणा गर्न तल्लीन छन् ।

ऋषितर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन र गुंपुन्हीका दिनका रूपमा यो दिन उत्सवका साथ मनाइन्छ । सोमसरला वेदविद्याश्रम (गौरीघाट)का आचार्य एवं योग प्रशिक्षक केशवप्रसाद अधिकारीका अनुसार सत्ययुगमा दानवले देवतालाई लखेट्दा गुरु वृहस्पतिले देवताका लागि रक्षा विधान तयार गरी दानवराज बलि बाँधिएर देवताको रक्षा गरेको स्मरणमा यो पर्व मनाइँदै आएको छ । ‘येन बद्धो बलीराजा दानवेन्द्रो महाबल/तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्रोच्चारण गरी जप, तप र पूजा गरिएको रक्षाबन्धन बाँध्ने प्रचलन छ ।

रक्षाबन्धन वा नूतन यज्ञोपवित (नयाँ जनै फेर्दा फेराउँदा) गोबर, खरानी दतिउन र सप्तमृत्तिकाले यसअघि ब्राह्मण यजमान दुवैले त्रिवेणी दोभान, तलाउ, सागर, नदी वा पायक परेको पानीको अन्य स्रोतमा स्नान गरी चोखो र शुद्ध रहने परम्परा छ ।

आचार्य अधिकारीका अनुसार जौ, तील, कुशद्वारा काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ट, विश्वामित्र यी सप्तऋषिलाई तर्पण दिएर वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको जनै फेरिन्छ । जनैलाई ब्रह्मसूत्र वा ज्ञानको धागोका रूपमा वैदिक गुरु परम्परामा लिइन्छ ।

जनैका दुई शिखामा रहेका छ डोरामध्ये तीनवटा ब्रह्मा, विष्णु, महेश्वर र अर्का तीन डोरालाई कर्म, उपासना र ज्ञानको रूपमा लिइन्छ । तराईमा दिदीबहिनीले दाजुभाइलाई रक्षाबन्धन (राखी) बाँधेर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

पशुपतिनाथलाई जनै फेराइयो

जनैपूर्णिमाको एक दिनअघि बुधबार पशुपतिनाथलाई डेढ सय मिटर लामो जनै फेराइएको छ । पशुपतिनाथका मूल पुजारी गणेश भट्टले विधानपूर्वक जनै फेराए ।

पशुपतिनाथका विसेट अरुण श्रेष्ठले मन्दिरलाई डेढ सय मिटर लामो जनैले फन्फन्ती घेरा हालेर बाँधेका थिए । ज्योतिर्लिङ्गमा भने छुट्टै जनै लगाइएको थियो । पशुपतिनाथका मूल पुजारीले अमालकोट कचहरीतर्फका रकमी कर्मचारी र विसेट भण्डारीलाई पनि जनै लगाइदिएका छन् ।

पशुपतिनाथ जनै फेराएपछि गोसाइँकुण्ड स्नानका लागि प्रस्थान गर्ने मान्यतामा विधिवत् जनै फेराइएको नाथका कोटवाल पूर्णनारायण जोशीले जानकारी दिए ।


तस्वीरहरु– अदीप श्रेष्ठ

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ११ : ३९ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त