जनैमा भएका प्रत्येक धागोको महत्व के छ ? « Khabarhub

जनैमा भएका प्रत्येक धागोको महत्व के छ ?


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ज्योतिष तारानाथ भण्डारी

तपाइँलाई थाहा छ ? जनैमा तीनवटा धागो हुन्छन् । प्रत्येक धागोमा तीन–तीन डोरा (नौ डोरा) र तिनलाई जोडिने गाँठाहरू पाँचवटा हुन्छन् ।

जनैमा रहेका तीन धागोको अर्थ :

१. ब्रह्मा, विष्णु, महेश्वर त्रिमूर्तिको प्रतीक हो जनै!
२. भूत, वर्तमान र भविष्य तीन कालको सुचक हो जनै!
३. सत्व, रज, तम तीन गुणले युक्त हुन्छ जनै!
४. देव, पितृ, ऋषि तीन ऋणको बोध गराउँछ जनैले!
५. ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहनेले जनै लगाउँछन् । (चौँथो अर्थात सन्यासाश्रममा रहनेले जनै लगाउनु पर्दैन)
६. जनै लगाउनेले पाठ गर्ने गायत्री मन्त्रमा तीन चरण हुन्छन् ।

अ. ‘तत्सवितुर्वरेण्यं’=प्रथम चरण!
आ. ‘भर्गोदेवस्य धीमहि’=द्वितीय चरण!
इ. ‘धियो यो न प्रचोदयात्’=तृतीय चरण!
७. देवलोक, भूलोक, पाताल तीन लोकको प्रतीक हो जनै!
८. मन, बुद्धि र अहङ्कार तीन सूक्ष्म तत्त्वलाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

नौ डोराको अर्थः
१. मुख, दुई आँखा, नाकका दुई प्वाल, दुई कान, गुदा र उपस्थ (मुत्र द्वार) यति नौ द्वार (आधुनिक भाषामा भन्दा मानव शरीरका Input/Output device)लाई नियन्त्रण र निर्देशन गर्छ जनैले।

पाँच गाँठोको अर्थ :

१. ब्रहयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ र नृयज्ञ (अतिथि यज्ञ) यी पाँच यज्ञको फल प्राप्ति हुन्छ जनै लगाउँदा।
२. आँखा, कान, जिब्रो, नाक, छाला यी पाँच ज्ञानेन्द्रीयलाई चनाखो पार्ने शक्ति प्रदान गर्छ जनैले।
३. मुख, हात, खुट्टा, गुदा, जननेन्द्रीय यी पाँच कर्मेन्द्रीयलाई शुभ कार्य गर्न उर्जा प्रधान गर्छ जनैले।
४. धर्म, अर्थ, काम, मोक्ष र ब्रह्म यी पाँच पुरुषार्थ उजागर गर्ने शक्ति हुन्छ जनैमा।
५. वमन (उल्टी गरेर मुखबाट शरीरका दोष निकाल्ने), विरेचन (मलमूत्र मार्गबाट दोष निकाल्ने), बस्ती (औषधियुक्त द्रव्यहरू शरीरभित्र पठाउने), नस्य (नस लिने) र रक्ष मोक्षण (दुषित रगतलाई बाहिर निकाल्ने) यी पाँच कर्म गर्ने उर्जा पैदा गराउँछ जनैले।

जनैको लम्बाइ :

जनै लगाउने मान्छे ६४ कला र ३२ विद्यामा निपुण हुन्छ/हुनुपर्छ।त्यसैले जनैको लम्बाइ ३२:६४ अर्थात् ९६ अङ्गुल हुन्छ/हुनुपर्छ ।

३२ विद्या भित्र
क. ४ वेद = ऋक, यजु, साम, अथर्व!
ख. ४उपवेद = धनुर्वेद, आयुर्वेद, गन्धर्ववेद, स्थापत्यवेद अर्थात् निर्माणरअभियान्त्रिकी
ग. ६ अङ्ग = शिक्षा, व्याकरण, साहित्य, कल्प, ज्योतिष, छन्द!
घ. ६ दर्शन = न्याय, वैशेषिक, योग, साङ्ख्य, मिमांसा र वेदान्त!
ङ. ३ सूत्र = धर्मसूत्र, गृहसूत्र र श्रौतसूत्र!
च. ९ आरण्यक = ऐतरीय, शांख्यायन, वृहदारण्यक (काण्व र माध्यन्दिन शाखा), तैत्तिरीय, मैत्रायणी, तलवकार, छान्दोग्य र अथर्ववेदसँग सम्बन्धि!

६४ कला भित्र
१.गीतं
२.वाद्यं
३.नृत्यं
४.आलेख्यं
५.विशेषकच्छेद्यं
६.तण्डुलकुसुमवलि विकारा
७.पुष्पास्तरणं
८.दशनवसनागराग:
९.मणिभूमिकाकर्म
१०.शयनरचनं
११.उदकवाद्यं
१२.उदकाघातः
१३.चित्राश्च योगाः
१४.माल्यग्रथन विकल्पाः
१५.शेखरकापीडयोजनं
१६.नेपथ्यप्रयोगाः
१७.कर्णपत्त्र भङ्गाः
१८.गन्धयुक्तिः
१९.भूषणयोजनं
२०.ऐन्द्रजालाः
२१.कौचुमाराश्च
२२.हस्तलाघवं
२३.विचित्रशाकयूषभक्ष्यविकारक्रिया
२४.पानकरसरागासवयोजनं
२५.सूचीवानकर्माणि
२६.सूत्रक्रीडा
२७.वीणाडमरुकवाद्यानि
२८.प्रहेलिका
२९.प्रतिमाला
३०.दुर्वाचकयोगाः
३१.पुस्तकवाचनं
३२.नाटकाख्यायिकादर्शनं
३३.काव्यसमस्यापूरणं
३४.पट्टिकावानवेत्रविकल्पाः
३५.तक्षकर्माणि
३६.तक्षणं
३७.वास्तुविद्या
३८.रूप्यपरीक्षा
३९.धातुवादः
४०.मणिरागाकरज्ञानं
४१.वृक्षायुर्वेदयोगाः
४२.मेषकुक्कुटलावकयुद्धविधिः
४३.शुकसारिकाप्रलापनं
४४.उत्सादने संवाहने केशमर्दने च कौशलं
४५.अक्षरमुष्तिकाकथनम्
४६.म्लेच्छितविकल्पाः
४७.देशभाषाविज्ञानं
४८.पुष्पशकटिका
४९.निमित्तज्ञानं
५०.यन्त्रमातृका
५१.धारणमातृका
५२.सम्पाठ्यं
५३.मानसी काव्यक्रिया
५४.अभिधानकोशः
५५.छन्दोज्ञानं
५६.क्रियाकल्पः
५७.छलितकयोगाः
५८.वस्त्रगोपनानि
५९.द्यूतविशेषः
६०.आकर्षक्रीडा
६१.बालक्रीडनकानि
६२.वैनयिकीनां
६३.वैजयिकीनां
६४.व्यायामिकीनां

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ९ : ०२ बजे

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त

नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा– विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन,