पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीनै जना पक्राउ « Khabarhub

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसहित तीनै जना पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेसहित तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले विहीबार अपराह्न पत्रकार लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको हो । घटनामा मुछिएकी अर्की अस्मिता भनिने रुकु कार्कीलाई दिउँसो नै पक्राउ गरेको थियो ।

उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

मृत्यु अगावै रेकर्ड गरिएको शालिकरामको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

सार्वजनिक भिडियोमा शालिकरामले ‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको बताएका थिए ।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार पुडासैनीको साउन २२ मा चितवनको एक होटेलमा झुण्डिएको अवस्थामा शव भेटिएको थियो ।

यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई कलंकीबाट नियन्त्रणमा लिएको थियो । चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

रवी लामिछानेलाइ पक्राउ गरे लगतै सामाजिक संजालमा चर्को बिरोध भएको छ । रवी लामिछानेका समर्थकले रवी र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठूलो सड्यन्त्र रहेको भन्दै बिरोध गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ८ : २१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर