घरबेटीहरुलाई कुलमानको चेतावनी– भाडामा बस्नेबाट बिजुलीको बढी बिल उठाए कारबाही हुन्छ | Khabarhub Khabarhub

घरबेटीहरुलाई कुलमानको चेतावनी– भाडामा बस्नेबाट बिजुलीको बढी बिल उठाए कारबाही हुन्छ


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले घर भाडामा बस्ने व्यक्तिसँग बिजुलीको बिलभ नेर बढी पैसा असुल नगर्न घरबेटीहरुलाई चेतावनी दिएको छ ।

घरबेटीहरुले भाडामा बस्नेहरुसँग बिजुलीको बिल भनेर तोकेको भन्दा बढी पैसा असुल्ने गरेको भन्दै प्राधिकरणले यस्तो प्रवृतिका विरुद्ध अब कडाइका साथ लागिने चेतावनी दिएको छ ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएको तीन वर्ष पूरा भएको अवसर पारेर आइतबार पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङले भाडामा बस्नेहरुसँग बिजुलीको बिलका नाममा बढी पैसा असुल्नेविरुद्ध कारबाही प्रक्रिया थालिने चेतावनी दिए ।

‘घरबेटीले प्रतियुनिट महसुल बढाइर व्यापार गर्न पाइँदैन् । भाडामा बस्ने व्यक्तिले पनि जति बिल आउँछ त्यति नै दिनुहोस्,’ घिसिङले भने, ‘अहिले प्राधिकरणलाई १३ रुपैयाँ दिएर घरबेटीहरुले २० रुपैयाँ असुल गर्ने गरेको गुनासो आएको छ ।’

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : ४६ बजे

काठमाडौं महानगर- २९ मा तीन सेवा केन्द्र सञ्चालन

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको वडा नं. २९ ले बिहीबार ३ वटा

बस्ती जोगाउन जैविक तटबन्ध निर्माण

कञ्चनपुर– खेलमैदान, कभर्ड हल र बस्ती जोगाउनका लागि शुक्लाफाँटा नगरपालिका–१०

दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला

प्याजले उचित मूल्य पाएन, बोरामा थन्काउन बाध्य किसान

चितवन– जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन ।

धेरै देश इजरायल र इरानबाट दूतावास उठाएर नागरिकको उद्धार गर्दै

इजरायल – इरान र इजरायल युद्ध सुरु भएपछि धेरै देशले