सर्वोच्चको नयाँ फैसलाले आइओएमको प्रवेश परीक्षाको बाटो खुल्यो « Khabarhub

सर्वोच्चको नयाँ फैसलाले आइओएमको प्रवेश परीक्षाको बाटो खुल्यो


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को स्नातक तहको नयाँ भर्नाका लागि हुने प्रवेश परीक्षा सञ्चालनका लागि बाटो खुलेको छ ।

सर्वोच्च अदालतले प्रवेश परीक्षा रोक्न यसअघि जारी गरेको अन्तरिम आदेश निरन्तर नहुँने आदेश जारी गरेपछि आइओएमको परीक्षा सञ्चालनको बाटो खुलेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश जारी नहुने फैसला गरेका हो ।

चिकित्सा शिक्षा ऐन विपरित आइओएमका परीक्ष हुन लागेकोभन्दै आयुष ओझाले सर्वोच्चमा रिट हालेका थिए ।  उनको रिट निवेदनमा भदौं २० गते न्यायाधीश तेज बहादुर केसीको एकल इजलासले आइओएमको परीक्षास्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो ।

अदातलको आदेशपछि भदौं २१,२२, २३ र २४ गते हुने भनिएको आइओएमको प्रवेश परीक्षा स्थगित भएको थियो ।

सर्वोच्चको आइतबारको आदेशपछि आइओएमलाई परीक्षा सञ्चालनको बाटो खुलेको हो । अब आइओएमले नयाँ परीक्षा तालिका बनाएर परीक्षा सञ्चालन गर्न सक्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको